कला


क्वार्ज क्रिस्टल गोरखा दरबारमा राख्ने सरकारको निर्णय

क्वार्ज क्रिस्टल गोरखा दरबारमा राख्ने सरकारको निर्णय

नेपालखबर
साउन ३०, २०८० मंगलबार १९:४८, काठमाडौँ

सरकारले गोरखाबाट बरामद गरेको क्वार्ज क्रिस्टल गोरखा दरबारमा राख्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश ज्वालाले नेपालखबरलाई जानकारी दिए।

५२ किलो ३३० ग्रामको सो रत्नपत्थर पुस्तौँदेखि सुरक्षित राखेकामा घरधनी राममाया शाहीको परिवारलाई पुरस्कृत गर्ने पनि मन्त्रिपरिषदले निर्णय गरेको छ।

केही दिनअघि खानी तथा भूगर्भ विभागको टोलीले सो पत्थरलाई बहुमूल्य क्वार्ज क्रिस्टल पहिचान गरी त्यसलाई विभागमा बुझाउन सिफारिस गरेको थियो ।

यसअघि गोरखा नगरपालिकाको नेतृत्वको सामाजिक संघसंस्थाको टोलीले मंगलबार प्रधानमन्त्री तथा गृहमन्त्री समक्ष सो पत्थर गोरखामै राख्ने वातावरण बनाइदिन माग गर्दै ज्ञापनपत्र पेश गरेका थिए।

गोरखामा पुस्तौँदेखि रहेको धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण पत्थर गोरखा बाहिर पठाउन विभागले सिफारिस गरेपछि यहाँका गोरखा नगरपालिका, राजनीतिक दलहरु, गोरखा उद्योग वाणिज्य संघ, गोरखा च्याम्बर अफ कमर्श, गुरु गोरक्षधाम शक्तिकेन्द्र, ज्येष्ठ नागरिक जिल्ला संघ, लायन्स क्लव अफ गोरखा लगायत सामाजिक संस्थाहरुले गोरखामै राख्नुपर्ने माग गरिरहेका थिए।

साथै नागरिक स्तरबाट पनि सो रत्नपत्थरलाई गोरखामै राख्नुपर्ने चौतर्फी माग भइरहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad