गायक तथा सङ्गीतकार टंक बुढाथोकीले एउटै गीतलाई सात नेपाली भाषामा तयार गरेका छन्। सार्वजनिक गरिएको ‘धन्यवाद’ बोलको गीत नेपालीसँगै, नेवारी, तामाङ, थारू, राजवंशी, खस र भोजपुरी भाषामा तयार गरिएको छ।
आफ्नै सङ्गीत र शब्द रहेको गीत गायनमा अनु चौधरीले साथ दिएको गायक बुढाथोकीले जानकारी दिए।
‘एक वर्षदेखि गरेको मेहनतले आज मूर्तरुप आएको छ। यी गीतमार्फत हाम्रो संस्कृतिलाई पनि प्रवर्द्धन गर्ने कोसिस गरेको छु’, गायक बुढाथोकीले भने, ‘सबै भाषाको ज्ञान नहुँदा केही समय लम्बिएको हो। मैले पनि पचासभन्दा बढी पटक अभ्यास गरेर गएको हुँ।’
अडिओसँगै सम्पूर्ण भाषाको भिडियो पनि तयार गरेर सार्वजनिक गरिएको छ। कार्यक्रममा उपस्थित गीत तथा भिडिओसँग जोडिएका सदस्यहरूले धेरै भाषामा गीत तयार हुँदाको अनुभव सुनाएका थिए।
51
Shares

प्रतिक्रिया