ad ad

कला


शंकरलाई जेरीको शुभकामना- मैले दिन नसकेको माया दिने मान्छे छिट्टै प्राप्त होस्

शंकरलाई जेरीको शुभकामना- मैले दिन नसकेको माया दिने मान्छे छिट्टै प्राप्त होस्

तस्बिर : जेरीको सामाजिक सञ्जालबाट


नेपालखबर
साउन १८, २०८० बिहिबार २१:५९, काठमाडौँ

चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ले पूर्वपति गायक शंकर क्षेत्रीलाई जन्मदिनको शुभकामना दिएकी छन्। 

तत्कालीन श्रीमान् शंकरले छोरी बोकेको र आफूसहितको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै जेरीले भावुक शब्दमा पूर्वपतिलाई जन्मदिनको शुभकामना दिएकी हुन्।

‘मैले दिन नसकेको माया, साथ र खुसी दिने मान्छेको छिट्टै प्राप्ति होस्’, जेरीले लेखेकी छन्, ‘जन्मदिनको असीम शुभकामना छोरीको बाउ।’

नेपाली सांगीतिक क्षेत्रमा उदाहरणीय जोडीका रूपमा परिचित उनीहरूले विवाह गरेको ३ वर्ष पनि नपुग्दै २०७९ कात्तिक २४ गते काठमाडौं जिल्ला अदालतमा गएर सम्बन्ध विच्छेद गरेका थिए। २०७६ माघ १ गते विवाह गरेका उनीहरूकी २ वर्षकी छोरी छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .