गायिका सरिता भारतीको नयाँ गीत बजारमा आएको छ। ‘जिस्केर मस्केर’ बोलको गीतमा गायिका भारतीलाई गायक सविन सुवेदीले गायनमा साथ दिएका छन्।
सार्वजनिक गीतमा डब्बु क्षेत्रीको शब्द तथा दीपक शर्माको संगीत सुन्न सकिन्छ। गीतमा संगीत संयोजन गायक सुवेदीले नै गरेका छन्।
सिन्धुलीको कमलाखोँचमा प्रचलित झ्यारे भाकालाई संकलन गरेर यो गीत बनाएको गीतकार डब्बु क्षत्रीले बताए। गीतको म्युजिक भिडिओमा अभिनेता प्रवण भुसाल र गायिका सरिता भारतीको अभिनय छ।
गीतको भिडिओमा ताप्लेजुङ, झापा, मोरङ, उदयपुर र सिन्धुलीका दृश्य समावेश गरिएको छ। माधवराज खरेलले निर्देशन गरेको भिडिओ तिलक रिजालले छायांकन तथा वीरेन्द्र भाट ‘विपिन’ले सम्पादन गरेका हुन्।
हेर्नुहोस् गीतको भिडिओ–
27
Shares
प्रतिक्रिया