ad ad

कला


बाल मनोविज्ञानमा आधारित गीत ‘फस्दै गएछु’ सार्वजनिक (भिडिओ)

बाल मनोविज्ञानमा आधारित गीत ‘फस्दै गएछु’ सार्वजनिक (भिडिओ)

नेपालखबर
साउन १४, २०८० आइतबार १३:४५, काठमाडौँ

किड्स क्यापिटल नेपाल २०२३ का विजेता दिप्शन चिलुवाल तथा किड्स क्यापिटल नेपाल २०२२ की पब्लिक च्वाइस अवार्ड विजेता आश्रिया थापाको डेब्यु अभिनय रहेको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ 

गायक सुमन केसीको स्वरको ‘फस्दै गएछु’ बोलको गीतको म्युजिक भिडिओ किड्स क्यापिटल नेपाल २०२३ दिप्शन चिलुवालको जन्मोत्सवको अवसर पारेर काठमाडौंमा प्रिमियर गरिएको हो। 

प्रिमियर शोमा भिडिओ अवलोकनपछि काठमाडौं युरो स्कुलका निर्देशक तथा प्रिन्सिपल डा. दीपक गुप्ता र लिटल पेगासस मन्टेश्वरीका प्रिन्सिपल युरल पाण्डेले बाल मनोविज्ञानमा आधारित विषयवस्तु समेटिएको भिडिओ निकै प्रभावकारी रहेको प्रतिक्रिया दिए। उनीहरुले बाल मनोविज्ञानको प्रयोगले फरक शैलीको भिडिओ तयार भएको बताएका छन्।

आईएमई पेको सहभागिता रहेको कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला र अतिथिका रुपमा सहभागी नृत्य निर्देशक कृष्ण विक, अभिनेता श्रीदेव भट्टराई, कलाकार गोपाल ढकाल, निर्देशक रोशन श्रेष्ठले पनि भिडिओमा बाल कलाकारद्वय दिप्शन तथा आश्रियाको अभिनयको प्रशंसा गरे। 

आधुनिक शैलीको यो गीतमा अभिनेता एसराज गराच तथा अभिनेत्री साक्षी लम्सालले पनि अभिनय गरेका छन्। भिडिओमा  दिप्शन  र साक्षीको अभिनयले दर्शकलाई प्रभावित बनाउने निश्चित छ। 

डीपी खनालका शब्द रहेको उक्त गीतलाई देवेन्द्र बरालले संगीतबद्ध गरेका छन्। पुष्कर सुनुवार यो गीतका संगीत संयोजक हुन्।

फ्ल्याग अन मोशन पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक उक्त भिडिओमा प्रशान्त मगरको कोरियोग्राफी तथा संकल भुजेलको छायांकन छ। 

दीपेन्द्र चिलुवाल तथा सजना केसीद्वारा निर्माण गरिएको यो भिडिओलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । शिशिर खातीले यो भिडिओको निर्देशन गरेका हुन्।

हेर्नुहोस् गीतको भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .