ad ad

कला


अभिनय सिक्दै हुनुहुन्छ? हेर्नुहोस् नसीरुद्दिनका यी १० फिल्म

अभिनय सिक्दै हुनुहुन्छ? हेर्नुहोस् नसीरुद्दिनका यी १० फिल्म

नेपालखबर
साउन ३, २०८० बुधबार ८:४४, काठमाडौँ

नसिरुद्दिन शाह बलिउडका एक उत्कृष्ट अभिनेता हुन्। उनले अहिलेसम्म गरेका सबै चलचित्रमा जीवन्त अभिनय गरेका छन्। 

नसिरुद्दिनले आफ्नो करियरमा सबै किसिमका चरित्र निभाएका छन्। कहिले नायक, कहिले खलनायक, कहिले आतंककारी, कहिले वकिल त कहिले कमेडियनका रुपमा उनले काम गरेका छन्।

अभिनयको बलमा फिल्म उद्योगमा जिवन्त छाप छाड्ने उनका केही यस्ता चरित्र छन्, जसको चर्चा फिल्म उद्योगमा सधैँ हुने गरेको छ। थिएटरमा अभिनय सिक्नका लागि नसिरुद्दिनका फिल्म हेर्न सुझाव पनि दिइन्छ।

मासुम
सन् १९८३ मा रिलिज भएको ‘मासूम’ मा नसिरुद्दिन शाहले देवेन्द्र कुमारको भूमिका निभाएका छन्। फिल्मको कथा उनी र उनको छोराको वरिपरि घुमेको छ। आफ्नो अघिल्लो सम्बन्धबाट छोरा भएको थाहा पाएपछि देवेन्द्र कुमार छोरालाई घर ल्याउँछ, तर उनकी श्रीमतीले बच्चालाई स्वीकार गर्दिनन्।

त्यसपछि बाबु छोराबीचको सम्बन्धमा आउने उतारचढाव देखाइएको यो चलचित्रले आज पनि उत्तिकै प्रशंसा पाउने गरेको छ। फिल्मको 'तुझ से नाराज नहीँ जिन्दगी' गीत कालजयी बन्यो।

सरफरोश
सन् १९९० मा बनेको ‘सरफरोश’ आमिर खानको करियरमा कोसेढुङ्गा साबित भयो। तर, यस फिल्ममा आमिर मुख्य भूमिकामा भए पनि नसिरुद्दिनले आफ्नो उत्कृष्ट अभिनयले सबैको ध्यान तानेका थिए। फिल्ममा उनी भारत-पाक आतंकवादी गुलफाम हसन बनेका थिए।

आक्रोश
सन् १९८० मा रिलिज भएको गोविन्द निहलानीको फिल्म ‘आक्रोश’ ले समाजमा विद्यमान जातीय विभेदलाई चित्रण गरेको छ। नसिरुद्दिनले यो फिल्ममा एक वकिलको भूमिका निभाएका छन्, जो श्रीमतीको हत्या आरोप लागेका अभियुक्तको पक्षमा मुद्दा लड्छन्। जब उनले यसबारे अनुसन्धान गर्छन्, भारतमा भइरहेको जातिवादको तीतो सत्यको सामना गर्छन्।

मोहरा
न् १९९४ मा अक्षय कुमार, सुनील शेट्टी र रविना टण्डनलाई लिएर बनाइएको फिल्म मोहरामा नसिरुद्दिन शाह मिस्टर जिन्दलको भूमिकामा छन्। फिल्ममा, उनी दृष्टिविहीन भएको नाटक गर्छन्। फिल्ममा उनले यस्तो अभिनय गरेका छन्, नसीरको उक्त अभिनयको आलोचना गर्ने क्रिटिक्स कमै छन्।

जाने भी दो यारो
कुन्दन शाहद्वारा निर्देशित जाने भी दो यारो भारतीय सिनेमामा नयाँ धार ल्याउने फिल्म मानिन्छ। चलचित्रमा नसिरुद्दिनले फोटोग्राफर विनोद चोपडाको भूमिका निभाएका छन्। यस फिल्ममा भ्रष्टाचारलाई रमाइलो ढंगले देखाइएको थियो, जसका कारण यो दर्शकको मनपर्ने फिल्म बनेको थियो। 

डर्टी पिक्चर
विद्या बालन र इमरान हाशमी स्टारर फिल्म ‘द डर्टी पिक्चर’ मा नसिरुद्दिन शाहले फिल्म उद्योगमा ठूलो चर्चा बटुले। ६० वर्षको उमेरमा उनले विद्या बालनसँग रोमान्स गरेर निकै चर्चा कमाए। यो फिल्म पनि विवादमा परेको थियो । फिल्ममा उनले अभिनेता सूर्यकान्तको भूमिका निर्वाह गरेका थिए। उक्त फिल्मबाट नसीरले आफू जस्तो पनि भूमिकाका लागि फिट भएको प्रमाणित गरे।

इश्किया
अभिषेक चौबेको निर्देशनमा बनेको फिल्म इश्कियामा खालुजान बनेका नसिरुद्दिनले अभिनयबाट समीक्षकको ध्यान ताने। अभिनयदेखि हास्यास्पद संवाद सम्म प्रत्येक दृश्य मा खलुजान शानदार थियो। फिल्मबाट अरशद वर्सीले पनि निकै चर्चा बटुलेका थिए।

वइनस्डे
जब नसिरुद्दिन शाहको उत्कृष्ट अभिनयको बारेमा कुरा हुन्छ, प्रतिष्ठित फिल्म 'वेनस्डे' छुट्दैन। फिल्ममा उनी एक आम मानिसको भूमिकामा देखिएका थिए। तर एक बम विस्फोटको योजना बनाएर प्रहरीलाई चक्मा दिएका थिए।

इन्टेरियर क्याफे नाइट
यो छोटो विधाको फिल्म हो। १३ मिनेटको छोटो समयमा कथा र अभिनयले दर्शकलाई ठूलो झट्का दिन ल्याकत राख्ने यो फिल्ममा नसीर एक क्याफे सञ्चालक हुन्छन्। क्याफेमा किशोरावस्थामा छाडेर गएकी प्रेमिका बुढेशकालमा आएपछि कथा सुरु हुन्छ।

मिर्जा गालिब
ऊर्दू महाकवि मिर्जा गालिबको जीवनीमा आधारित सिरिज मिर्जा गालिबको निर्माण गुलजारले गरेका हुन्। यसमा नसीर गालिबको भूमिकामा देखिएका छन्। फिल्ममा नसीरको अभिनय यति जीवन्त छ कि, गुलजारले भनेका थिए, 'जब म गालिबलाई सम्झिन्छु, नसीरको अनुहार मेरो मस्तिष्कमा सबैभन्दा पहिले आउँछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .