ad ad

कला


आकांक्षा भन्छिन् - जित्नका लागि चुम्बन गर्न पछि हट्दिनँ, कुनै चिन्ता छैन

आकांक्षा भन्छिन् - जित्नका लागि चुम्बन गर्न पछि हट्दिनँ, कुनै चिन्ता छैन

नेपालखबर
असार १९, २०८० मंगलबार १२:६, काठमाडौँ

आकांक्षा पुरीले बिग बोसको घरमा चुम्बन गर्न आफूलाई कुनै चिन्ता नभएको बताएकी छिन्। आकांक्षाले आफूले जे गरे पनि कामको हिस्सा भएको बताइन्।

यदि शोका अन्य प्रतियोगीहरूले पनि जित्नको लागि चुम्बन गर्नु पर्ने अवस्था आएमा उनीहरुले पनि चुम्बन गर्नबाट पछि नहट्ने आकाक्षांले बताइन्। 

आकांक्षाले गत हप्ता चुनौतीका क्रममा साथी प्रतियोगी जद हदीदलाई ‘किस’ गरेकी थिइन्। यसपछि सलमान खानले विकेन्ड एपिसोडमा दुवैलाई गाली गरेका थिए।

इन्डियन एक्सप्रेससँग कुरा गर्दै आकांक्षाले भनेकी छिन्, ‘मैले गरेको काममा मलाई लाज लाग्दैन। चुम्बन गर्दा त्यहाँ कुनै भावना जोडिएको थिएन।’

आकांक्षालाई किस गरेपछि जद हदीदले साथी प्रतियोगीलाई आकांक्षा नराम्रो किसर भएको बताएका थिए। जवाफमा आकांक्षाले भनिन्, ‘साँच्चै भन्नुपर्दा, म स्पष्ट थिएँ कि यो एउटा चुम्बन मात्र हुनेछ जसलाई हामीले ३० सेकेन्डसम्म समाउनु पर्छ।’ 

आकांक्षा पुरी ‘बिग बोस ओटीटी २’ अघि पञ्जाबी गायक मिका सिंहको सेल्फ शो ‘मिका दी वोहती’ मा देखिएकी थिइन्।  उनी सो शोको विजेता समेत भइन्।   यसबाहेक उनी धेरै रियालिटी शोमा पनि देखा परेकी छिन्।

जेडी मूलतः लेबनानी मोडल हुन्। उनी दुबईमा बस्छन्। उनका एक छोरी पनि छिन्, तर उनको सम्बन्धविच्छेद भइसकेको छ। उनी प्रायः शोमा आकांक्षाको नजिक देखिन्थे।

आकाक्षांले जद हदीदका विषयमा भनेकी छिन्, ‘सुरुमा म उनलाई मन पराउँथेँ। उनी सबैसँग धेरै राम्रो व्यवहार गर्थे। उसले मलाई बिहेको प्रस्ताव पनि राख्यो। मैले भनेँ अब के हुन्छ हेरौँ। तर, यथार्थ देख्नेबित्तिकै म छक्क परेँ, मलाई लाग्यो कि म मेरो जीवनमा यस्तो नक्कली मान्छे चाहन्नँ। उहाँप्रतिको मेरो धारणा पूरै परिवर्तन भयो।’

‘बिग बोस’ एउटा यस्तो शो हो, जसलाई केटाकेटी र वृद्धवृद्धाले पनि ठूलो संख्यामा हेर्छन्। बिग बोसको घरमा केही न केही घटनाले विवाद निम्त्याउने गरेको देखिन्छ। तर, कुनै पनि दुई प्रतियोगीले क्यामेराको अगाडि सिधै किस गरेको यो पहिलो पटक हो।

यद्यपि यो बिग बोसको ओटीटी संस्करण हो, शोको होस्ट, सलमान खानले शोमा त्यस्तो कुनै पनि कार्य सहने छैन भनेका छन्। सप्ताहन्तको एपिसोडमा उनले आकांक्षा र जेडीलाई लामो कक्षा पनि दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .