ad ad

कला


एउटै अवार्ड ५ पटक जित्ने संगीतकार

एउटै अवार्ड ५ पटक जित्ने संगीतकार

नेपालखबर
असार १९, २०८० मंगलबार ११:६, काठमाडौँ

नेपाली सांगीतिक क्षेत्रमा बेग्लै स्थान बनाएका संगीतकार हुन् अर्जुन पोख्रेल।

उनी सुगम संगीतदेखि चलचित्र संगीतसम्म उत्तिकै जमेका छन्। अर्जुनले संगीत गरेका आधुनिक हुन् अथवा चलचित्रका गीत उत्तिकै लोकप्रिय छन्। 

चलचित्र ‘दिलमाया’को शीर्ष गीतमा संगीत भरेर चलचित्र संगीतको करिअर सुरु गरेका अर्जुनलाई ‘छुट्छ कि साथ, सुन्छु तिमीले मलाई’ लगायत गीतले दर्शकमाझ परिचित गरायो। त्यसपछि उनले थुप्रै चलचित्रका गीतमा संगीत दिए। कति चलचित्रका गीत समेत आफैले लेखे। 

उनले संगीतकारका रुपमा थुप्रै अवार्ड जितेका छन्। त्यति मात्रै होइन अर्जुनले एउटै अवार्ड ५ पटक उचालेका छन्। सोमबार राजधानीको रसियन कल्चरमा सम्पन्न चौधौँ डी सिने अवार्डमा ‘म यस्तो गीत गाउँछु २’बाट सर्वोत्कृष्ट चलचित्र संगीतकारको अवार्ड हात पारे। यो सहित अर्जुनले डी सिने अवार्डका ५ संस्करणका अवार्ड जितेका छन्।

अर्जुनले यसअघि पाचौँ डी सिने अवार्डमा ‘चलचित्र ‘मेरो जीवन साथी’, सातौँ डी सिने अवार्डमा चलचित्र ‘स्टुपिड मन’, आठौँ डी सिने अवार्डमा चलचित्र ‘प्रेम गीत’ र बाह्रौँ डी सिने अवार्डमा चलचित्र ‘लभ डायरीज’बाट उत्कृष्ट संगीतकारको अवार्ड उचालेका थिए।
डी सिने अवार्डमै अर्जुन दशक संगीतकारका रुपमा सम्मानित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .