ad ad

अपराध


बालुवाटार जग्गा प्रकरणका ३ आरोपितको रिट न्यायाधीश भट्टराई र फुयाँलको इजलासमा

बालुवाटार जग्गा प्रकरणका ३ आरोपितको रिट न्यायाधीश भट्टराई र फुयाँलको इजलासमा

नेपालखबर
असार १९, २०८० मंगलबार ११:१५, काठमाडौँ

बालुवाटारस्थित सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीनजनाको बन्दी प्रत्यक्षीकरण रिट निवेदन सर्वाेच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा परेको छ। 

शुक्रबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार चुँडालको एकल इजलासले २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। प्रतिवादीहरुले सोमबार लिखित जवाफ बुझाएपछि आजका लागि पेसी तोकिएको हो। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेर बालुवाटार जग्गा प्रकरणमा ठगी र किर्तेको कसुरमा अनुसन्धान अगाडि बढाएपछि सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मीनबहादुर गुरुङले सर्वाेच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। 

गृह मन्त्रालयसमेतलाई विपक्षी बनाइएको रिट निवेदनमा यो कसुरमा मुद्दा चल्न नसक्ने र सर्वोच्च अदालतले नै हदम्याद नाघिसकेको भनी आदेश गरिसकेकाले आफूहरुलाई थुनामा राख्न नमिल्ने माग गरिएको छ। 

यसअघि सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले १७ जनालाई यो मुद्दामा पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो। सोही आदेशलाई आधार मान्दै तीनजना छुटेका थिए।

सर्वोच्चले उक्त आदेश गर्दाका फाइलसमेत सँगै पेस गर्न भनेको छ। यो प्रकरणमा सीआईबीले अहिलेसम्म ९ जनालाई पक्राउ गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .