ad ad

कला


जब शृंखला खतिवडा सम्भव सिरोहियासँगै ‘इन्गेजमेन्ट’मा देखापरिन्...

जब शृंखला खतिवडा सम्भव सिरोहियासँगै ‘इन्गेजमेन्ट’मा देखापरिन्...

नेपालखबर
असार १४, २०८० बिहिबार ११:१७, काठमाडौँ

पूर्वमिस नेपाल शृंखला खतिवडा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका छोरा सम्भव सिरोहियासँग प्रेम सम्बन्धमा रहेको चर्चा यसअघि नै चलिसकेको छ। 

हालै सार्वजनिक तस्बिरले त झन् उनीहरूबीच इन्गेजमेन्ट (टीकाटालो) समेत भइसकेको अड्कलबाजी सुरु भएको छ।  

किनभने शृंखला सम्भवका भाइ अनुभव सिरोहियाको इन्गेजमेन्टमा सम्भवसँगै जोडीका रूपमा सहभागी भएकी हुन्।

यति मात्र होइन, शृंखलालाई अनुभवसँग इन्गेजमेन्ट गरेकी युवतीले ढोगेको तस्बिरसमेत सार्वजनिक भएको छ। 

जसले शृंखला उनको जेठानी बन्ने तर्खरमा रहेको संकेत गर्छ।

अध्ययनका लागि अमेरिकामा रहेकी श्रृंखला केही दिनअघि नेपाल फर्किएकी थिइन्।

पूर्वमिस नेपाल श्रृंखला पूर्व स्वास्थ्यमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .