ad ad

कला


दयाहाङ र बुद्धि तामाङसँगै ‘नीरफूल’ हेरेपछि मन्त्री किराँती

दयाहाङ र बुद्धि तामाङसँगै ‘नीरफूल’ हेरेपछि मन्त्री किराँती

दयाहाङ र बुद्धि तामाङसँगै ‘नीरफूल’ हेरेपछि मन्त्री किराँती। तस्बिर : रासस


नेपालखबर
असार १०, २०८० आइतबार ९:१८, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शनिबार बेलुकी चलचित्र ‘नीरफूल’ हेरेका छन्।

उनले सिभिल मलस्थित क्यूएफएक्समा चलचित्रका निर्देशक फूलमान बल, अभिनेताद्वय दयाहाङ र बुद्धि तामाङसँगै चलचित्र हेरेका हुन्।

‘भूकम्पले समाजमा पारेको प्रभाव, मान्छेको सानो सपनाले दिएको ठूलो दुःख, चलचित्रले अनगिन्ती प्रश्न उठाएको छ। मुख्यतः सहर र गाउँबीचको सामाजिक, सांस्कृतिक सवाल बेजोडसँगले प्रस्तुत भएको रहेछ’, मन्त्री किराँतीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। 

आफूले चलचित्रमार्फत दिन खोजेको सन्देशलाई मन्त्री किराँतीले महसुस गरेको निर्देशक बलले बताए। 

विसं २०७२ को भूकम्पको सेरोफेरोमा कथा भनिएको चलचित्रले विपत्तिपछि धादिङस्थित रुबी भ्यालीको एक परिवारले भोग्नुपर्ने समस्या र बिछोडको दुर्दान्त पेस गर्छ।

राज्य प्रणालीको कमजोर पक्षसमेत उजागर गरिएको चलचित्र गणेश हिमालमुनिको रुबी भ्याली, रसुवा र काठमाडौँमा छायाङ्कन गरिएको निर्देशक बलले जानकारी दिए। चलचित्र गत जेठ २६ गतेदेखि प्रदर्शनरत छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .