कला


चलचित्र परस्त्रीको लिरिकल भिडिओ गीत सार्वजनिक

चलचित्र परस्त्रीको लिरिकल भिडिओ गीत सार्वजनिक

नेपालखबर
असार ८, २०८० शुक्रबार १५:१०, काठमाडौँ

आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा परस्त्रीको लिरिकल भिडिओ गीत सार्वजनिक गरिएको छ।

सिनेमाकी मुख्य पात्र आभ्याको जन्मदिनको सेटअपका तयार पारिको सार्वजनिक गीतले सिनेमाको कथाको बारेमा प्रस्ट्याउने निर्माण टिमले बताएको छ। 

‘जीवन भनेको बोलको गीतमा सिनेमाका मुख्य कलाकार कोशिस क्षेत्री, शिल्पा मास्के र गौरव बिष्टका चल अचल दृश्यहरु समावेश गरिएको छ। 

केके ब्रोदर्सको कम्पोज तथा शब्द रचना रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन्।

डिएस डिजिटलको व्यानरमा निर्माण भएको सिनेमा नेपाली र हिन्दीमा रिलिज हुनेछ।

विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको सिनेमाको निरज कँडेल छायांकन गरेका हुन्। 

सुरज पाण्डेको डेव्यु निर्देशन रहेको सिनेमामा कोशिस, शिल्पा र गौरवका अलवा अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ।

सिनेमामा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन्। खनाल सिनेमाका लेखकसमेत हुन्।

पोस्टर रिलिजसँगै चर्चामा रहेकको सिनेमाको सार्वजनिक गीत र ट्रेलरले पनि दर्शकको मन जितेका छन्। थ्रिलर जनरामा निर्माण भएको सिनेमालाई जिजिए ग्रुप र डिसिएनले वितरण गर्दैछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad