ad ad

कला


‘अन्तिम संस्कार’ टिमले गर्‍यो कलेजका विद्यार्थीसँग अन्तरक्रिया

‘अन्तिम संस्कार’ टिमले गर्‍यो कलेजका विद्यार्थीसँग अन्तरक्रिया

नेपालखबर
असार ६, २०८० बुधबार १२:३, काठमाडौँ

प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तिम संस्कार’को टिमले आफ्नो प्रचारप्रसारलाई तीव्रता दिँदै काठमाडौंका करिब दर्जन कलेजमा पुगेर विद्यार्थीसँग अन्तरक्रिया गरेको छ।

क्याम्पियन कलेज, ग्लोबल इन्टरनेसनल कलेज, कान्तिपुर इन्टरनेसनल कलेज, राजधानी मोडल कलेज, क्वेस्ट इन्टरनेसनल कलेज, काठमाडौं डन बसको कलेज, जेभियर एकेडेमी, नेपाल एयर होस्टेज एकेडेमी, नर्थेन लाइट एकेडेमी, अथर्व बिजनेस कलेजमा चलचित्रका मुख्य कलाकार विजय लामाको साथमा दिया पुन, रेश्मा घिमिरे, त्रिचु राई, एवनराज उप्रेती र निर्देशक प्रदीप शाही पुगेका थिए।

चलचित्रका मुख्य आकर्षक व्यक्तित्व पाइलट तथा अभिनेता विजय लामाले कलेजका विद्यार्थीलाई विभिन्न मोटिभेसनल स्पिच दिए।

चलचित्रको कथाअनुसार अभिनेता लामाले चलचित्रमा न्युड सिनसमेत दिएका छन्। चलचित्रको सार्वजनिक ट्रेलरले दर्शकमाझ कौतुहल जगाएको छ। कलेजका विद्यार्थीले चलचित्र ‘अन्तिम संस्कार’को ट्रेलर हेरेर उत्कृष्ट प्रतिक्रिया दिएका छन्। 

साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको चलचित्रमा भाइराजा थापा, राजुकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रवीन्द्र श्रेष्ठ कार्यकारी निर्माता छन्। विनोद सुवेदी क्षितिज निर्माता रहेको चलचित्रमा सामाजिक एवं सांस्कृतिक कथावस्तु छ। ‘मर्डर मिस्ट्री’ को कथालाई चलचित्रमा समावेश गरिएको छ। नेपालमा विदेशी फिल्मको वितरक एप्पल इन्टरटेनमेन्टले यो फिल्मलाई देशव्यापी वितरण गर्नेछ। फिल्मको कथा एक हत्या घटनाको रहस्यवरपर घुमेको छ। 

प्रदीप शाहीको निर्देशनमा बनेको पहिलो फिल्म ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ अमेजन प्राइममा समेत रिलिज भइसकेको छ। चलचित्रमा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ लामा, विकास अधिकारी, सरोज खालिङ राई, सस्मिता गिरी, दिग्गज खत्री, सरोज कुमाल, धर्मानन्द आचार्यलगायतको अभिनय छ।

बाबु श्रेष्ठको छायांकन, रुपेश गुरुङको सम्पादन रहेको यस चलचित्रको प्रोडक्सन डिजाइनर प्रेम खड्का हुन्। रिलिज दिन नजिकिँदै गर्दा चलचित्रको सेन्सर हुने क्रममा नै रहेको निर्माण टिमले जानकारी दिएको छ। सेन्सरमा अलिक लामो समय लागेको निर्देशक शाहीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .