ad ad

कारोबार


ई–सेवामा भएको पैसा एभरेष्ट बैंकको एटिएमबाट झिक्न पाइने

ई–सेवामा भएको पैसा एभरेष्ट बैंकको एटिएमबाट झिक्न पाइने

नेपालखबर
असार ६, २०८० बुधबार १२:३०, काठमाडौँ

एभरेष्ट बैंकको एटिएमबाट ई–सेवामा भएको पैसा झिक्न पाइने भएको छ। 

बुधबार एभरेष्ट बैंकका डिसिओ विजयकुमार श्रेष्ठ र ई-सेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्काले यसबारेको सम्झौता गरेका छन्। 

यस्तो सम्झौता नेपालमा पहिलो पटक भएको एभरेष्ट बैंकका डिसिओ श्रेष्ठले बताए। यो सम्झौताले ई-सेवाका ग्राहकलाई थप सुविधा मिल्ने भएको छ। 

यसअघि पनि ई–सेवाले एजेन्टहरूमार्फत दैनिक ५ हजारसम्म भुक्तानी दिँदै आएको थियो। अब एभरेष्ट बैंकको एटिएमबाट राष्ट्र बैंकको मापदण्डअनुसार बैंक तथा वित्तिय संस्थाबाट रकम झिक्न सकिने भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .