म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कुस रासफोर्डले आफू इङ्ल्यान्डप्रति शतप्रतिशत प्रतिबद्ध रहेको बताएका छन्। गत मार्चमा अन्तर्राष्ट्रिय ड्युटीबाट नाम फिर्ता लिएपछि रासफोर्डले थुप्रै आलोचना खेप्नपर्यो।
२५ वर्षीय फरवार्डले चोटका कारण इटाली र युक्रेनविरुद्धको युरो कप २०२४ को छनोट खेल खेल्न पाएनन्। त्यतिबेला इङ्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले रासफोर्डको अमेरिका नजाने निर्णयको बचाउ गरेका थिए।
रासफोर्ड अब युरो २०२४ को छनोटका लागि तयारी गर्दै छन्। टोलीले शुक्रबार भालेट्टामा माल्टा र शनिबार ओल्ड ट्राफोर्डमा उत्तरी म्यासेडोनियाविरुद्ध खेल्दै छ।
समूह सीमा रहेको इङ्ल्यान्डले पहिलो छनोट खेलमा इटालीलाई २–१ ले तथा युक्रेनलाई २–० ले हराएको थियो।
सिटीका फिल फोडेन, ज्याक ग्रेलिस, काल्भिन र काइल वाकर मंगलबार इङ्ल्यान्डको टोलीमा समावेश भएका छन्। रासफोर्डले भर्खरै सम्पन्न सिजनमा युनाइटेडका लागि सबै प्रतियोगितामा ३० गोल गरेका थिए।
Shares
प्रतिक्रिया