ad ad

कला


प्रज्ञा कुञ्जमा नाटक सप्ताह

प्रज्ञा कुञ्जमा नाटक सप्ताह

नेपालखबर
जेठ ३०, २०८० मंगलबार १३:२७, काठमाडौँ

नाट्य प्रशिक्षक एवं रङ्गकर्मी टंक चौलागाईंको नेतृत्वमा काठमाडौं प्रज्ञा कुञ्ज स्कुलमा १२ वर्षदेखि नाट्य शिक्षा विषयगत रूपमा पठनपाठन भइरहेको छ। यसका साथै विद्यार्थीहरूले थिएटरमा नाटक मञ्चनसमेत गरिरहेका छन्। हरेक वर्ष उनीहरूले विभिन्न थिएटर तथा आफ्नै विद्यालयमा ‘मोबाइल थिएटर’ स्थापना गरेर नाटक सप्ताह मनाउने गरेका छन्। 

यो वर्ष कक्षा ५ देखि १० सम्मका विद्यार्थीले झन्डै एघारवटा नाटक मञ्चन गर्दै छन्। यी सबै नाटक रङ्गकर्मी टंक चौलागाईंको लेखन तथा निर्देशन र सुरज मल्ल, सुरज तमु, मञ्जु गिरीको निर्देशन सहयोगमा तयार भएका हुन्। 

प्रज्ञा कुञ्जले हरेक वर्ष एकल बाल नाटक महोत्सव आयोजना गर्छ। यो वर्ष पनि यो महोत्सवलाई निरतरता दिइने छ। त्यसैगरी हरेक वर्ष विद्यालयका विद्यार्थी नाट्य महोत्सवमा भाग लिन विभिन्न देशमा गइरहेका छन्। नाट्य निर्देशकसहित यो वर्ष १५ जना विद्यार्थी र एकजना शिक्षक फ्रान्सको कार्यक्रममा सहभागी भए। यो विद्यालयका विद्यार्थी पोल्यान्ड, बेलारुस, बंगलादेश, अस्ट्रेलियामा नाट्य उत्सवमा सहभागी भइसकेका छन्।

यो नाटक सप्ताह जेठ २९ गतेदेखि ३२ गतेसम्म स्टुडियो थिएटर पिङ्गलास्थानमा मञ्चन हुने छ।

‘हाम्रो थिएटर टिम राम्रो छ। नाट्य विधालाई हामीले प्राथमिकताका साथ स्थान दिएका छौँ। यसले भाषाका साथै विद्यार्थीहरूको सर्वाङ्गीन विकासमा मद्दत पुर्‍याएको छ’, विद्यालयकी प्रधानाध्यापक सुनिता पौडेल भन्छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .