कला


‘परस्त्री’को पोस्टरमा शिल्पाका आँखामा पट्टी, हातमा डोरी

‘परस्त्री’को पोस्टरमा शिल्पाका आँखामा पट्टी, हातमा डोरी

नेपालखबर
जेठ २५, २०८० बिहिबार १३:९, काठमाडौँ

आगामी असार १५ गतेदेखि रिलिज हुने फिल्म ‘परस्त्री’को पोस्टर सार्वजनिक भएको छ। 

पोस्टरमा फिल्मकी शीर्ष अभिनेत्री शिल्पा मास्केलाई देखाइएको छ। जहाँ उनका आँखामा पट्टी लगाइएको छ भने हात डोरीले बाँधिएका छन्।

इरोटिक थ्रिलर जनारामा निर्माण भएको फिल्ममा शिल्पाका साथमा कोसिस क्षेत्री र गौरव विष्ट पनि शीर्ष भूमिकामा देखिने छन्।

फिल्म सुरज पाण्डेले निर्देशन गरेका हुन्। फिल्मलाई हिन्दी भाषामा पनि रिलिज गर्ने तयारी छ। 

फिल्मलाई भारतीय हलमा प्रदर्शनका लागि तयारी गर्न निर्देशक र निर्माताको टोली मुम्बई पुगेको छ। 

फिल्मको ‘माया बस्यो तिमीसँग’ बोलको गीत हिन्दी भाषामा ‘होना था जो होने लगा’ बोलमा बनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .