ad ad

कला


चिरायु अस्पतालले अब गीत बजाएवापत रोयल्टी दिने

चिरायु अस्पतालले अब गीत बजाएवापत रोयल्टी दिने

नेपालखबर
जेठ २३, २०८० मंगलबार ८:२९, काठमाडौँ

प्रस्तोता समाज नेपाल, संगीत रोयल्टी संकलन समाज नेपाल र संगीत तथा चलचित्र उत्पादक समाज नेपाल र चिरायु अस्पतालबीच रोयल्टी संकलन सम्बन्धमा सम्झौता भएको छ।

सोमबार प्रस्तोता समाजका कार्यवाहक अध्यक्ष निर्णय श्रेष्ठ, रोयल्टी संकलन समाज नेपालका कार्यवाहक अध्यक्ष चन्द्र शर्मा र संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर तथा अस्पतालका निर्देशक सञ्जीवराज भण्डारीबीच अस्पतालमा गीत संगीतको सार्वजनिक प्रयोग भएवापत रोयल्टी संकलनको सम्झौता भएको हो।

संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष मगरले अस्पतालले तीनवटै सीएमओका सदस्यहरुलाई उपचारमा हुने छुटको समेत महत्वपूर्ण सम्झौता गरिएको बताए ।

‘प्रतिलिपि अधिकार ऐन २०५९ को दफा ३९ बमोजिम गठित हाम्रो संस्थाले प्रतिलिपि अधिकार ऐन २०५९ को नियमावली ६१ को नियम १० मा उल्लेख भए बमोजिम गीत संगीत को सार्वजनिक प्रयोग भएवापत सिर्जित संगीत रोयल्टी संकलनको काम गरिरहेका छौं’, उनले भने,‘अस्पतालमा सेवाग्राहीको सुविधाका लागि राखिएका टेलिभिजनमा विभिन्न श्रव्यदृश्य गीत संगीतको प्रसारण हुने भएकाले ती प्रसारित सामाग्रीवापतको रोयल्टीका विषयमा सम्झौता भएको हो।’

उनले आगामी दिनहरुमा समाजले पहिचान गरेको गीत संगीतको सार्वजनिक प्रयोग हुने सम्पुर्ण क्षेत्रहरुमा सम्झौता गर्दै जाने उल्लेख गरे।

अस्पतालका निर्देशक भण्डारीले नेपाली गीत संगीतको श्रीवृद्धिका लागि गरिने रोयल्टी संकलनमा अस्पतालले पनि सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे।

सम्झौता कार्यक्रममा अस्पतालका बिजनेश डेभलप्मेन्ट म्यानेजर हिमाल राना, आईटी अफिसर बसन्त खनाल, एडमिन अफिसर लक्ष्मी अधिकारी, बिजनेश डेभलप्मेन्ट अफिसर नवराज भुजेल, मार्केटिङ अफिसर किरण फुयाल र फ्रन्ट अफिसर इन्चार्ज सृष्टि डंगोलको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .