कवि भोजकुमार धमला बंगलादेशमा सम्मानित भएका छन्।
राष्ट्रिय कविता मञ्च तथा वर्ल्ड वाइड राइटर्स एसोसिएसन बंगलादेशले गरेको ‘अन्तराष्ट्रिय नाजरुल कवि गोष्ठी–२०२३’ मा धमलालाई ‘इमरजिङ पोइट अफ दि हिमालय’ भनेर सम्मान गरिएको हो।
धमलाले हालै अँग्रेजी भाषामा कवितासंग्रह ‘द सेल्फिस सिटी’ ल्याएका छन्। कार्यक्रममा बंगलादेशी कवि तथा वर्ल्ड वाइड राइटर्स एसोसिएसन बंगलादेशका अध्यक्ष मोहम्मद साम्सुल हक बाबुले उनको कविता कृतिबारे चर्चा गरेका थिए।
त्यस्तै सेगुनबगैचास्थित इन्टरनेसनल मदर ल्यांग्बेज इन्स्टिच्युट बंगलादेशमा आयोजित अस्ट्रेलिया बसोबास गर्दै आएका अर्का नेपाली मूलका अष्ट्रेलियन कवि कुमाराज सुवेदीलाई सम्मान गरिएको थियो। उनलाई ‘पोइट अफ दि इभेन्ट’ अवार्ड प्रदान गरिएको हो।
सुवेदीको ‘द कलर अफ इस्प्रिङ’ कविता संग्रह प्रकाशित छ ।
कार्यक्रममा विश्वका विभिन्न देशका कविहरू उपस्थित थिए।
Shares
प्रतिक्रिया