कला


एक वर्षपछि स्मिता दाहालले ल्याइन् नयाँ गीत ‘आँखामा गाजल’

एक वर्षपछि स्मिता दाहालले ल्याइन् नयाँ गीत ‘आँखामा गाजल’

नेपालखबर
जेठ १३, २०८० शनिबार १४:२५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनीसमेत रहेकी गायिका स्मिता दाहालले नयाँ गीत ल्याएकी छिन्।

अध्ययनमा व्यस्त रहेकी उनले करिब एक वर्षको अन्तरालपछि नयाँ गीत ‘आँखामा गाजल’ ल्याएकी हुन्। उनको पछिल्लोपटक ‘हो हो नि माया हो’ ल्याएकी थिइन्।

रोमान्टिम शैलीमा गाइएको ‘आँखामा गाजल’मा राजनराज शिवाकोटीको शब्द र संगीत छ। देवेश राईको एरेन्ज रहेको गीतको भिडियोमा स्मिता स्वयंले मोडलिङ गरेकी छिन्। रोमान्टिक शैलीको यो गीतको भिडियोमा स्मिता र कुन्साङ बम्जनको ‘लभ क्यामेस्ट्री’ देख्न सकिन्छ। 

सुदीप बरालको छायाँकन र भुपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन्। गीत भिडियो निर्देशन सरोज ओलीले गरेका हुन। 

एक वर्षको अन्तरालपछि सार्वजनिक यो गीतबाट स्मिता आशावादी छिन्।

‘अध्ययनमा व्यस्त भएका कारण नयाँ गीत ल्याउन सकेकी थिइनँ,’ स्मिताले भनिन्, ‘एक वर्षको सर्ट ब्रेकपछि नयाँ गीत ल्याएकी छु। रोमान्टिक फ्लेबरमा गाएकी छु। दर्शकले सधैँझै माया गर्नुहुन्छ भन्ने आशा छ।’

‘मायालु तिमी कता छौं’, ‘पानी कुवाको’, ‘मालिङ्गो’ आदि स्मिताका चर्चित गीतहरू हुन्। 

 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .