ad ad

कला


टिकटकमा भाइरल ‘बादल, वर्षा, बिजुली’, गीतकार करुण थापाको असन्तुष्टि (भिडिओ)

टिकटकमा भाइरल ‘बादल, वर्षा, बिजुली’, गीतकार करुण थापाको असन्तुष्टि (भिडिओ)

इन्सेटमा गीतकार करुण थापा र ‘बादल वर्षा बिजुली’ गीतमा टिकटकमा नृत्यु गर्र्दै दुई युवती।


नेपालखबर
जेठ १३, २०८० शनिबार १०:३७, काठमाडौँ

अहिले टिकटकमा ‘बादल, वर्षा, बिजुली’ बोलको गीत भाइरल भइरहेको छ। 

२० वर्षअघि चलचित्र ‘कर्तव्य’का लागि आफूले रचेको उक्त गीतमा आफ्नो नाम नराखिएकामा गीतकार करुण थापाले आश्चर्य प्रकट गरेका छन्।    

संगीतकार सचिन सिंह तथा गायक आनन्द कार्की र प्राश्ना शाक्य रहेको उक्त गीतमा गीतकार र संगीतकारको नाम नराख्नाका साथै गायिकाको नाम पनि गलत लेखिएको गीतकार थापाले बताएका छन्। 

‘अचम्म छ– २० वर्षअघिको चलचित्र ‘कर्तव्य’को गीत ‘बादल वर्षा बिजुली’, जसको रचना मेरो हो, संगीत सचिन सिंह र गायन आनन्द कार्की र प्राश्ना शाक्यको हो’, गीतकार थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अहिले टिकटकमा भाइरल भएको छ।‌ त्यसमा गीतकार, संगीतकारको नाम छैन र गायिकाको नाम पनि गलत लेखिएको छ। के गर्ने?’ 

हेर्नुहोस् त्यो टिकटक

@twinny__girls #badalbarsabijuli ♬ original sound

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .