राजनीति


राष्ट्रपतिको जिम्मेवारीबाट अलग भएको केही महिनामै बिरामी परेँ : पूर्वराष्ट्रपति यादव

राष्ट्रपतिको जिम्मेवारीबाट अलग भएको केही महिनामै बिरामी परेँ : पूर्वराष्ट्रपति यादव

तस्बिर : रासस


नेपालखबर
जेठ १३, २०८० शनिबार १०:४६, काठमाडौँ

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिएको केही महिनामै आफू बिरामी परेको बताएका छन्।

राससले गणतन्त्र दिवसको सन्दर्भमा उनीसँग लिएको अन्तर्वार्तामा आफ्नो स्वास्थ्यबारे बताउँदै उनले राष्ट्रपतिको कार्यकाल सकिएपछि आफू बिरामी परेको र शल्यक्रिया गरी लामो नियमित उपचारमा रहनुपरेको बताएका छन्।

'वास्तविक रूपमा भन्नुपर्दा राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिएपछि बिरामी परेँ। शल्यक्रिया गर्न पर्‍यो, लामो नियमित उपचारमा रहनु पर्यो। केही वर्ष त्यसैमा बित्यो,' उनले भने, 'अहिले पेटको रोग छ, समयमा खाने, सुत्ने, ढाड र गोडाको व्यायाम गर्नेजस्ता नियमित गर्नुपर्छ। शरीरले काम गर्न दिइरहेको छैन।'

उमेरका कारओ हुने रोग र समस्याले चुनौती उत्पन्न हुने बताउँदै उनले राष्ट्रपतिबाट बाहिरिएपछि केही वर्षम उपचारमै बितेको जानकारी दिएका छन्। उक्त समस्या ठीक भए पनि अझै पेटको रोग, मधुमेह र उक्त रक्तचापको समस्या रहेको उनले बताएका छन्।

बिहान उठेर ५ बजेदेखि हिँड्ने, शारीरिक व्यायाम गर्ने, खाना र औषधि खान्छु अनि समाजका विभिन्न क्षेत्रका मानिससँग भेटघाट गर्ने आफ्नो अहिलेको दैनिकी रहेको उनको भनाइ छ। समय मिलेसम्म किताब पनि पढिरहेको उनले बताएका छन्।

मुलुकको प्रतिष्ठित चिकित्सक समेत रहेकाले सरकारी अस्पतालमा गएर स्वास्थ्य सेवामार्फत् सेवा दिने विषयमा सोधिएको प्रश्नमा उनले अब अस्पतालमा नफर्किने बताएका छन्। आफ्नो इच्छा रहेको तर शरीरले काम गर्न नदिइरहेको उनको भनाइ छ। उनले भने, 'शरीरले काम गर्न दिइरहेको छैन, इच्छा भएर पनि यो अवस्थामा मैले बिरामीलाई न्याय गर्न सक्दिनँ।' 

अहिले स्वास्थ्य सेवामा फर्किए त्यो देखावटी मात्रै हुने बताउँदै उनले आफ्नो स्वास्थ्य ठीक रहेको बेला १२ घण्टासम्म नियमित काम गरेको जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .