चर्चित कलाकार तथा सांगीतिक समूहहरुको प्रस्तुतीका साथ एनसेल आजियाटा लिमिटेडले भोलि (जेठ १३ गते) हाटखोला मैदान, विराटनगरमा भव्य कन्सर्टको आयोजना गर्न गइरेहको छ। यसका लागि सम्पूर्ण तयारी पुरा भएको एनसेलले जनाएको छ।
कन्सर्टमा चर्चित कलाकारहरु तथा ब्याण्ड दिपक बज्राचार्य र रिदम ब्यान्ड, आषिश राना (लाउरे), शिव परियार, द एलिमेन्ट्स, अस्मिता अधिकारी, सुनिल पण्डित, कलाकार केकी अधिकारी आदीको आ–आफ्ना प्रस्तुतीहरु राखी दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने छन्। कन्सर्ट दिउँसो २ बजेबाट सुरु भई बेलुका ८.३० बजे सम्म चल्ने छ।
यस सांगीतिक कार्यक्रममा सहभागी हुन इच्छुक एनसेलका ग्राहकहरुले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताकोमा सम्पर्क गरि कार्यक्रमको टिकट लिन सक्छन्। त्यसैगरी कन्सर्ट हुने स्थान हाटखोला मैदानबाट पनि ग्राहकहरुले टिकट लिन सक्छन्।
‘म लगायत रिदम ब्यान्डका साथीहरु र अन्य थुप्रै साथीहरुले यो कार्यक्रममा प्रस्तुती राख्दै छौं। आफ्ना साथीभाई, परिवारका सदस्यहरुसँग आउनुहोस् सँगै मिलेर रमाईलो गरौं’ दिपक बज्राचार्यले कार्यक्रमको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भने।
द एलिमेन्ट्स ब्याण्डले दर्शकहरुलाई आफ्नो गीत संगितले भरपुर मनोरञ्जन प्रदान गर्न आफूहरु तयार रहेको बताएको छ।
पूर्वमा रमाईलो गर्ने संयोग जुटेकोले दर्शकहरुलाई यो मौका नगुमाउन आषिश राना (लाउरे) ले सुझाव दिएका छन्। कन्सर्टको प्रत्यक्ष प्रशारण एनसेलको फेसबुक पेजबाट पनि हुने भएकाले देश विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले पनि यस कार्यक्रमको मजा लिन सक्नेछन्।
यस कार्यक्रममा सहभागी सबैको सेवा सुविधाको लागि कार्यक्रम स्थलमा एनसेलको स्टल पनि रहने छ। यस स्टल मार्फत कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाहरुका बारेमा जानकारी लिन सक्नेछन्। यस कार्यक्रमले हाल बजार शिथिल देखिएको अवस्थामा व्यापार तथा व्यावसायलाई चलायमान बनाउन सहयोग गर्ने विश्वास लिइएको छ।
यसअघि एनसेलले नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते शनिवार काठमाडौंको दरबारमार्गमा एनसेल प्रिजेन्टस् १६ औं दरबारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे भव्य रुपमा आयोजना गरेको थियो।
अर्थतन्त्र, पर्यटन व्यवसायलाई चाँडोभन्दा चाँडो पुनरुत्थान, नव उत्थानमा लैजाने, आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पुर्याउने, लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्ने लगायतका उद्देश्य राखी पर्पल स्याटर्डे आयोजना गरिएको एनसेलले जनाएको छ।
प्रतिक्रिया