प्रतिनिधिसभा बैठक भोलि (शनिबार) सम्मका लागि स्थगित भएको छ। शुक्रबार साँझ ६ बजेका लागि तय भएको बैठक अन्तिम समयमा भोलि सम्मका लागि स्थगित भएको हो।
शुक्रबार मध्यान्ह १२ः४५ बजे २० मिनेटका लागि स्थगित भएको बैठकदिउँसो ३ बजेका लागि तय गरिएको थियो। त्यसपछि बेलुकी ६ बजे बस्ने भनिएको बैठक अन्तिम समयमा सूचना टाँस गरि स्थगित भएको हो।
संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले शनिबार दिउँसो ४ बजेका लागि बैठक तय भएको जानकारी गराएका छन्।
यसअघिको संसद बैठकमा नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले पशुपतिनाथको जलहारीमा सुन भनेर पित्तल राखेर भ्रष्टाचार गरेको छानबिन गर्नुपर्ने माग गरेका थिए।
उनको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन वा भ्रष्टाचार गरेको प्रमाण दिन माग गर्दै एमालेले संसद बैठक सुरु हुनेवित्तिकै अवरोध गरेको थियो।
एमालेको निरन्तरको अवरोधपछि बैठक स्थगित भएको थियो।
प्रतिक्रिया