बलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्लो भागको शो ‘नाउ सर्भिङ’मा देखा परिन्। उक्त शो मा प्रियंकाले केही परिकार बनाएकी छिन्। जसमध्ये प्रियंकाले बनाएको एउटा परिकार हो अम्लेट।
प्रियंकाले आफू सानो हुँदा आफ्ना पिता आकाश चोपडाले अम्लेट पकाउने गरेको सम्झना गरिन्।
शो मा खाना पकाउने क्रममा प्रियंकाले भनिन्, ‘स्टफ्ड अमलेट चोपडा परिवारको परम्परागत रेसिपी थियो। म सानो छँदा बुबाले हरेक आइतवार बनाउनुहुन्थ्यो। भारतीय नाश्ता मेरो मनपर्ने हो। मलाई पराठा, डोसा खुब मनपर्छ, तर अण्डा सधैं राम्रो ब्रेकफास्ट लाग्छ।’
चोपडा परिवारको परम्परागत रेसिपी बनाउँदै प्रियंकाले भनिन्, ‘मलाई सबै प्रकारका खानेकुरा मनपर्छ, तर बनाउनमा त्यति राम्रो छैन। मेरो खाना पकाउने सीप ठ्याक्कै राम्रो छैन।’
प्रियंकाले खाना पकाउने महिलाका लागि मात्रै हो भन्ने कुरामा विश्वास नगर्ने भएकाले उनका बुबाले उनलाई भान्सामा जान निषेध गरेको स्मरण गरिन्।
प्रियंकाले भनिन्, ‘मेरो बुबा रूढीवादी परिवारमा हुर्कनुभयो। जहाँ धेरै केटीहरूले सधैं भान्साकोठामा हुनुपर्छ भन्ने महसुस गरे। सामाजिक दबाब पनि थियो। तर बुबाले म यसरी हुर्कोस् भन्ने चाहानु भएन। त्यसैले मलाई भान्छामा जानबाट सधैं रोक्नु भयो। म जहिले पनि भान्छामा जान्थें, बुवा भन्नुहुन्थ्यो– ‘के गर्दैछस् भान्सामा, यता आऊ। त्यसैले मैले खाना बनाउन कहिल्यै सिकिन।’
Shares
प्रतिक्रिया