नेपाली फिल्म ‘परस्त्री’का केही गीतमा भारतीय गायक–गायिकाले स्वर दिने भएका छन्।
यो फिल्म भारत र नेपालका सिनेमा घरबाट एकै पटक रिलिज हुने तयारीमा छ। फिल्मका ३ वटा गीतमा भारतीय गायक–गायिका अमित मिश्र, सोनल प्रधान र कुनाल गाञ्जावालाले आवाज भर्ने भएका हुन्।
अमित, सोनल र कुनल तीनैजना बलिउडका लोकप्रिय प्लेब्याक सिंगर हुन्। कुनाल गाञ्जावालाले आफ्नो भागमा परेको गीत गाइसकेकी छिन्। अमित र सोनलले गाउँने भनेको गीत रेकडृ हुन बाँकी ने छ। बाँकी गीत पनि चाँडै रेकर्ड हुने परस्त्रीका निर्देशक सुरज पाण्डेले बताए।
फिल्मका नेपाली गीत भने केतन क्षेत्री र निकिथा थापाले गाएका छन्। भारतीय सिंगरले गाएका गीत जेठ १६ गते रिलिज गर्ने तयारी रहेको छ। इन्डो–नेपाली सिनेमा ‘परस्त्री’ जुन ३० अर्थात असार १५ गते नेपाल र भारतमा यो सिनेमा एकसाथ रिलिज हुँदैछ।
दीपेन्द्र के खनालको कथा रहेको फिल्मी हिन्दी भाषामा पनि डबिङ भइसकेको छ। ‘परस्त्री’को पोस्टर बलिउड ट्रेड एनलाइसिस्ट तरण आदर्शले सार्वजनिक गरेका थिए।
फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा लगायतका कलाकारले अभिनय गरेका छन्।
Shares

प्रतिक्रिया