नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले आइतबार नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पट्यारलाग्दो भाषण गरेको बताएका छन्।
प्रतिनिधिसभामा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद पौडेलले उउक्त भाषणमा सधैंको जस्तो आत्मप्रचारको राग सुनिएको दाबी गरे।
‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिजो लामो पट्यारलाग्दो भाषण गर्नुभयो। यो पट्यारलाग्दो भाषण सधैंको जस्तो आत्मप्रचारको राग सुनियो,’ सांसद पौडेलले भने, ‘कहीँ कतै आत्मसमीक्षा गरिएको देखिएन। यस्तो प्रवृत्तिले लोकतन्त्रप्रति विश्वास बढाउँछ भन्ने मलाई लाग्दैन।’
काठमाडौं क्षेत्र नम्बर ५ बाट एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै संसद छिरेका पौडेलले अपूर्ण आयोजनाको फेहरिस्त सुनाउन बन्द गर्न सुझाए।
‘स्रोतको सुनिश्चितता नभएको, परियोजना कहाँ कार्यान्वयन भएको भन्नेसम्म थाहा नभएका आयोजनाहरूको फेहरिस्त आगामी ५ वर्ष हामीले निरन्तर सुनिरहनुपर्छ जस्तो छ,’ सांसद पौडेलको आग्रह थियो, ‘म श्रदय केपी ओलीजीलाई यो फेहरिस्त बन्द गरिदिनुहुन अनुरोध गर्न चाहन्छु।’
Shares

प्रतिक्रिया