बलिउड अभिनेता शाहरुख खानको एउटा भिडिओ सामाजिक सञ्जालमा सेयर भइरहेको छ। जुन भिडिओ डिजाइनर, निर्माता तथा शाहरुखकी पत्नी गौरी खानको पुस्तक विमोचनका बेलाको हो।
पुस्तक विमोचनका क्रममा एक व्यक्ति सोहेलले शाहरुखलाई भन्छन्, गौरी तपाईंभन्दा धेरै सक्षम हुनुहुन्छ।
यसमा शाहरुख आफ्नो ठट्यौली शैलीमा भन्छन्– म तपाईंभन्दा सुन्दर छु।
ती व्यक्तिले जवाफ दिन्छन्– म प्रतिभाको कुरा गरिरहेको थिएँ।
शाहरुख हाँस्दै भन्छन्– लुक्सले हरेक काम गर्छ। जब तपाईं मजस्तो देखिनुहुन्छ, तब प्रतिभा किन चाहियो?
शाहरुखले अरु के भने?
गौरीले घर, रेस्टुरेन्ट, होटल डिजाइन गरेकी छन्। मेरो कोठाबाहेक सबै कुरा गौरीले डिजाइन गरिन्। तर केही छैन, म एक क्षमाशील व्यक्ति हुँ।
म र गौरी एकअर्कालाई वर्षौंदेखि चिन्छौँ। कहिलेकाहीँ वर्षौंदेखि एकअर्कालाई चिन्दा प्रशंसा गर्न बिर्सिइन्छ।
गौरीले छोराछोरीलाई धेरै राम्ररी हुर्काइन्।
गौरी सधैँ रचनात्मक छिन्।
Shares
प्रतिक्रिया