आगामी जेठ १२ गतेबाट रिलिजको तयारीमा रहेको फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को गीत ‘जाउ न आउ’ सार्वजनिक भएको छ।
गीतमा युशिन राईको स्वर तथा शब्द र प्रयत्न श्रेष्ठको संगीत छ।
फिल्मका केही संवादसहितका दृश्य राखिएको गीतमा फिल्मकी प्रमुख अभिनेत्री प्रमिला खनालको पीडा प्रस्तुत गरिएको छ। भिडिओमा अन्य कलाकारहरू रमाइरहँदा प्रमिलालाई भने भावुक रूपमा देखाइएको छ।
शम्भु थापाको निर्देशनमा बनेको फिल्ममा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिसा गुरुङ, निश्चल विमल, एलिशा विकको अभिनय छ।
फिल्मकी शिर्ष कलाकार प्रमिलाले यो फिल्मले दर्शकलाई लोकल चामलको टेस्ट दिने बताउँदै आएकी छिन्।
सन्तोषकुमार आत्रेयको कथा रहेको फिल्ममा सन्तोष र भगवान पौडेलको पटकथा छ। रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन्।
फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन्।
Shares

प्रतिक्रिया