ad ad

सुदूरपश्चिम


सुतेकै ठाउँमा चट्याङ पर्दा पति-पत्नीसहित ३ जना घाइते

सुतेकै ठाउँमा चट्याङ पर्दा पति-पत्नीसहित ३ जना घाइते

फाइल तस्बिर


नेपालखबर
बैशाख ३१, २०८० आइतबार ११:१९, कञ्चनपुर

दार्चुलामा चट्याङले लागेर तीनजना घाइते भएका छन्। जिल्लाको व्याँस गाउँपालिका–२  हुम्लिङस्थित पाटनमा चट्याङले लागेर यार्सा टिप्न गएका तीनजना घाइते भएका हुन्। 

दुँहु गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, वडा नम्बर १, पिपलचौरी बास्पालीका ३८ वर्षीय आनसिंह महरा र उनकी ३३ वर्षीया श्रीमती मानमती घाइते भएका छन्। 

राति ११ बजे सुतिरहेका बेला चट्याङ परेको थियो।

व्याँस गाउँपालिकाका प्रवक्ता उपेन्द्र धामीका अनुसार घटनास्थल दुम्लिङबाट एक दिनको पैदल दूरीमा पर्छ।

चट्याङ लागेर तीनजना यार्सा संकलक घाइते भएको खबर आएको उनले बताए।

दुदिवन नजिकको हुम्लिङमा चट्याङ लागेर घाइतेको खबरपछि आज बिहान प्रहरीको टोली त्यसतर्फ पठाएको छ।

‘तीनजना घाइते भएको खबर आएको छ,’ जिल्ला प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले भने, ‘त्यतातर्फ प्रहरी टोली खटाएका छौँ।’

गत १९ गते व्याँस गाउँपालिका–१ छाङरुस्थित भोलुममा हिमपहिरो जाँदा ५ जना यार्सा संकलकको मृत्यु भएको थियो। सात जनाले भने भागेर ज्यान जोगाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .