नक्कली शरणार्थी प्रकरणमा एकपछि अर्का नेता अनुसन्धानमा तानिन थालेपछि अभिनेता एवं फिल्म निर्माता दीपकराज गिरीले व्यंग्य गरेका छन्।
आज मात्र सो प्रकरणमा पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन्।
सोही प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले खोजिरहेको छ। उनी फरार छन्। एमालेले उनलाई कारबाही (सचिव पदबाट निलम्बन) गरिसकेको छ।
भ्रष्टाचारमा संलग्न ठूलठूला नेता पनि पक्राउ पर्न थालेपछि सुशासन चाहने नेता, सर्वसाधारणदेखि कलाकारसम्म खुसी भइरहेका छन्।
यसै क्रममा अभिनेता दीपकराज गिरीले पनि सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भुटानी शरणार्थीलाई उसको देश फर्काउन हाम्रा नेताले राम्रो भूमिका किन खेलेनन भनेको त भुटान फर्काउँदा त पैसो नआउने रहेछ।’
आफ्नो देश तथा अमेरिका जान नपाउँदा कैयौँ भुटानी शरणार्थी नेपालमै दुःखपूर्ण जीवन बिताइरहेका छन्।
Shares

प्रतिक्रिया