ad ad

राजनीति


बालकृष्णलाई कारबाही गर्नेबारे कांग्रेसले भन्यो : अनुसन्धान परिपक्व होस् न

बालकृष्णलाई कारबाही गर्नेबारे कांग्रेसले भन्यो : अनुसन्धान परिपक्व होस् न

नेपालखबर
बैशाख २७, २०८० बुधबार २०:५७, काठमाडौँ

नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले अनुसन्धानमा सघाएको बताएको छ।

बुधबार बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणले अनुसन्धानमा सघाएको बताए।
उनले खाँणलाई कारबाही गर्ने या नगर्ने भन्ने विषयमा अनुसन्धानलाई थप परिपक्व हुन दिने स्पष्ट पारे।

‘टोपबहादुर रायमाझीको हकमा उहाँ उपस्थिती नै नभएको अवस्था हो। पुर्जी काटिएको अवस्थामा पनि उहाँ फरार हुनुभयो भन्ने सन्दर्भमा (कारबाही) पनि होला। तर हाम्रो बालकृष्णजीको सन्दर्भमा उहाँ आफैले गिरफ्तारी दिनुभा’छ र अनुसन्धानको प्रक्रिायमा छ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता खाँण पक्राउ परेपछि बुधबार कांग्रेस पदाधिकारी बैठक बसेको हो। बैठकले अनुसन्धानलाई सघाउने विषयमा छलफल भएको नेता महतले बताए।

सोही प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका नेकपा (एमाले) का सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई एमालेले निलम्बन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .