ad ad

राजनीति


बालकृष्ण खाँण पक्राउ परेपछि बाबुराम भट्टराईले भने– स्वागतयोग्य

बालकृष्ण खाँण पक्राउ परेपछि बाबुराम भट्टराईले भने– स्वागतयोग्य

नेपालखबर
बैशाख २७, २०८० बुधबार १८:३६, काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नक्कली शरणार्थी प्रकरणमा ‘ठूला माछा’हरू समेत पक्राउ पर्नु स्वागतयोग्य कुरा भएको बताएका छन्। 

उक्त प्रकरणमा आज पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्री भट्टराईले खुसी व्यक्त गरेका हुन्। 

अब कुनै पनि बहानामा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई फासफुस नपार्न उनले खबरदारीसमेत गरेका छन्।

‘भ्रष्टाचारको क्यान्सरले सपूर्ण राज्यसंयन्त्र र उच्च नेतृत्वलाई गाँजिरहेको बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला माछाहरूसमेतलाई छानबिनमा तान्नु स्वागतयोग्य छ’, डा. भट्टराईले बुधबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अब कुनै पनि बहानामा यसलाई फासफुस पार्ने काम नहोस्।’

साथै उनले अन्य सबै ठूला भ्रष्टाचारकाण्डकाु निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग पनि गरेका छन्। 

सोही प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ। तर उनी वैशाख २० गतेदेखि फरार छन्। पूर्वगृहमन्त्री खाँण पक्राउ परेकै दिन बुधबार एमालेले विज्ञप्ति जारी गरी रायमाझीलाई पार्टीको सचिव पदबाट निलम्बन गरिएको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .