टीभी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट उदाएका कमेडियन विक्की अग्रवाल आज विवाह बन्धनमा बाँधिदै छन्। उनले रियालिटी शो निर्देशक तथा कलाकार श्रद्धा प्रसाईंसँग विवाह गर्न लागेका हुन्।
उनीहरुको वैवाहिक समारोह त्रिभुवन आर्मी क्लबमा आयोजना गरिएको छ। विवाहमा परिवार, आफन्त र साथीभाइको उपस्थिति रहनेछ।
विक्की र श्रद्धाले गत मंसिरमा इन्गेजमेन्ट गरेका थिए। केही वर्षदेखि प्रेममा रहेका उनीहरुले इन्गेजमेन्टपछि आफ्नो प्रेमका बारेमा खुलेर कुरा गरेका थिए। यो जोडीको प्रेम ‘कमेडी च्याम्पियन’बाटै अंकुराएको थियो।
विक्की ‘कमेडी च्याम्पियन’का फस्ट रनर अप हुन् भने श्रद्धाले निर्देशकीय पाटो सम्हालेकी थिइन्। अहिले विक्की ‘कमेडी विथ च्याम्पियन’ निर्देशन गर्छन्।
69
Shares
प्रतिक्रिया