ad ad

कला


चेतकी प्रज्ञा सम्मान प्राध्यापक जगमान गुरुङलाई

चेतकी प्रज्ञा सम्मान प्राध्यापक जगमान गुरुङलाई

नेपालखबर
पुस २४, २०७६ बिहिबार ९:१८,

चेतकी प्रज्ञा सम्मान (पुरस्कार) २०७६ संस्कृति तर्फ नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरुङलाई प्रदान गरिएको छ। 

यस्तै, इतिहासतर्फको पुरस्कार ‘संशोधन मण्डल’लाई प्रदान गरिएको छ। यो सम्मान संशोधन मण्डलका सदस्य तथा प्राज्ञ दिनेशराज पन्तले ग्रहण गरे।

यी दुवै सम्मान (पुरस्कार) को राशि ५०/५० हजार रुपैयाँ छ।

 चेतकी राज्यलक्ष्मी कार्की स्मृति विज्ञान तथा प्रविधि प्रतिष्ठानको आयोजनामा लेखक तथा समाजसेवी युवराजसिंह कार्की तथा जुलुम कार्कीद्वारा स्थापित चेतकी प्रज्ञा सम्मान (पुरस्कार) तथा सुश्री लक्ष्मी कार्की स्मृति साहित्यिक पत्रकारिता बिहीबार आयोजित समारोहबीच प्रदान गरिएको हो। बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले यो पुरस्कार प्रदान गरेका हुन्।

सो अवसरमा जोशीले भाषा–साहित्य, संस्कृति, कला र इतिहासको संरक्षण र सम्बद्र्धन गर्न सरकारको ध्यानाकर्षित गरे।

चेतकी प्रज्ञा–सम्मान–२०७५ हिन्दू धर्म–दर्शन तर्फ संस्कृतविद प्रा.डा. दीर्घराज घिमिरे, ललितकला–२०७४ तर्फ वरिष्ठ कलासाधक तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के. कर्माचार्य, बौद्ध धर्म–दर्शन –२०७३ तर्फ संस्कृतिविद प्रा.डा. शङ्कर थापा तथा नेपाली भाषा साहित्य– २०७२ तर्फ वरिष्ठ भाषाविद् प्रा.डा. चुडामणि बन्धुलाई प्रदान गरिएको छ। यी चारवटै सम्मान–पुरस्कारको राशि रु. ३०/३० हजार रहेको छ।

त्यस्तै सुश्री लक्ष्मी कार्की स्मृति साहित्यिक पत्रकारिता पुरस्कार (२०७६) प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य तथा कौशिकी साहित्यिक द्वैमासिकका प्रधानसम्पादक चेतनाथ धमलालाई प्रदान गरिएको छ। साथै, सो पुरस्कार–२०७५ का लागि ‘शब्द संयोजन’ साहित्यिक मासिक, २०७४ लागि ‘नवप्रज्ञापन’ साहित्यिक त्रैमासिक, २०७३ का लागि ‘सङ्गम अभियान’ साहित्यिक मासिक र २०७२ का लागि ‘श्रृङ्खला’ साहित्यिक मासिकलाई प्रदान गरिएको छ। यी पाँचवटै पुरस्कारको राशि रू. ३०÷३० हजार रहेको छ।

त्यसैगरी चेतकीराज्यलक्ष्मी कार्की स्मृति छात्रावृत्ति त्रि.वि., लिटल एन्जेल्स उमावि, बुढानीलकण्ठ उमावि, देउराली प्रा.वि., लेले र ज्ञान प्रकाश उमावि ओखलढुङ्गामा अध्ययनरत २१ जना विद्यार्थीलाई ४१ हजार राशिको छात्रावृत्ति सो प्रतिष्ठानका संरक्षिका श्रीमती जुलुम कार्की तथा अध्यक्ष प्रा. विद्याधर शर्मा भट्टराईले प्रदान गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .