चर्चित बलिउड अभिनेता शाहरुख खानले फ्यानका हात हुत्याएको भिडिओ यतिबेला भाइरल भइरहेको छ ।
पीटीआईका अनुसार सामाजिक सञ्जाल वेबसाइटहरूमा व्यापक रूपमा सेयर भइरहेको यस भिडिओमा खान आफ्नो व्यवस्थापक पूजा ददलानी र अंगरक्षकहरूसँग एयरपोर्टबाट बाहिर निस्किरहेको देखिन्छ।
त्यही क्रममा उनका एक फ्यानले उनीसँग सेल्फी खिच्न खोज्छन् तर उनलाई रोक्न शाहरुख खानले उनको हात समातेर धकेलेका छन्।
त्यसपछि खानका एक अंगरक्षकले उनलाई धकेल्दै लगे।
यो भाइरल भिडिओको कमेन्ट सेक्सनमा मानिसहरू शाहरुख खानका पक्ष र विपक्षमा टिप्पणी गरिरहेका छन्।
कतिपयले उनको कदमलाई सही भनेका छन् भने कोहीले शाहरुख खान घमण्डी भएको भनी आलोचना गरिरहेका छन्।
यस्तो छ भिडिओ–
Here you can see #ShahRukhKhan walking out of the airport as he pushes the hand of his 'fan' as he rides high over the arrogance of his hit #Pathaan. This rudeness definitely takes a man down!pic.twitter.com/e9pwBBzopN
— Legend BALLU⚡ (@LegendSKFan) May 3, 2023
Shares
प्रतिक्रिया