ad ad

कला


सुजन चापागाईंको ‘फूलथुंगे रानी’ सार्वजनिक

सुजन चापागाईंको ‘फूलथुंगे रानी’ सार्वजनिक

नेपालखबर
बैशाख ५, २०८० मंगलबार १०:५७, काठमाडौँ

गायक सुजन चापागाईंको नयाँ गीत 'फूलथुंगे रानी' युट्युव च्यानलमा आइतबार सार्वजनिक भएको छ। गीतकार हर्क साउदको शब्द रहेको गीतको स्थायी छ

कहाँ थियौ फूलकी ए फूलथुंगे रानी?
पुतलीझैं नानारंगी कटक्कै मन खानी

'तीनपाते'देखि चर्चामा आएका सुजनका  'लजाएर', 'गाला पुक्क', 'घुमी घुमी', 'मिलेको जीउ छिनेको कम्मर', 'बाफ' लगायत अधिकांश गीत चर्चित छन्।

फूलथुंगे रानीलाई कुशल सिंहले एरेन्ज गरेका छन्।

गीतको भिडियोलाई आर्टमान्डुले निर्माण गरेको छ। म्युजिकल फिल्ममार्फत् कथा भन्ने आर्टमान्डुले प्रस्तुतिमा यसपटक फरक शैली अपनाएको छ। 

निर्देशक नवीन चौहानले भिडियोको कन्सेप्ट बनाउने क्रममा पुरानै ढर्रा नदोहोर्याउने निर्णय गरेको बताए। 'गीतको आफ्नो स्वभावलाई जीवित राख्दै  वैकल्पिक इमेजहरु छनोट गरेर  स्वच्छन्द रुपमा अर्कै केही गरें।  नतिजा यहाँहरु समक्ष आइसकेको छ,' चौहानले भने। 

आर्टमान्डुको यो म्युजिकल फिल्मको निर्देशन टिममा नवीनसंगै सुरज कटुवाल पनि रहेका छन्। 

भिडियोमा एलेक्स विश्वकर्मा र विभूति सिटौलाको अभिनय छ। दुवैले यही म्युजिकल फिल्ममार्फत् अभिनयमा डेब्यू गरेका छन्।

फूलथुंगे रानीलाई आर्टमान्डुले अस्कर अन्तर्राष्ट्रिय कलेजका विद्यार्थीसंग सहकार्यमार्फत् निर्माण गरेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .