ad ad

कला


भुवनप्रति आक्रोशित दीपक लेख्छन्– यो अध्यक्ष आएपछि लफडै लफडा छ, हाम्रो क्षेत्रमा

भुवनप्रति आक्रोशित दीपक लेख्छन्– यो अध्यक्ष आएपछि लफडै लफडा छ, हाम्रो क्षेत्रमा

नेपालखबर
चैत २९, २०७९ बुधबार ११:२९, काठमाडौँ

कलाकार तथा फिल्म निर्माता दीपकराज गिरीले चलचित्र विकास बोर्डप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको ‘छक्कापञ्जा ४’को हिसाब (ग्रस कलेक्सन) गलत भएको भन्दै गिरीले बोर्डप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

गिरीले बोर्ड अध्यक्ष भुवन केसीप्रति आक्रोश व्यक्त गरेका छन्। गिरी फेसबुकमा लेख्छन्, ‘चलचित्र विकास बोर्डमा भुवन केसी आएदेखि नै लफडा भएको छ।’ 

भुवनप्रति गिरीको यो पहिलो असन्तुष्टि भने होइन। उनी बेलाबेला यस्ता असन्तुष्टि पोखिरहेका हुन्छन्। गिरीले फिल्म ‘प्रकाश’ तथा ‘प्रेमगीत ४’ रिलिजताका पनि भुवनप्रति प्रश्न उठाएका थिए। 

आफ्नो फिल्मको गलत रिपोर्ट सार्वजनिक भएको दाबी गर्दै गिरीले लेखेका छन्, ‘चलचित्र विकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ। यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ, हाम्रो क्षेत्रमा।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .