टिकटकबाट चर्चामा आएकी ‘मिस पबी’ (पवित्रा साँकी) म्युजिक भिडिओमा अभिनेता पल शाहको जोडी बनेकी छन्।
‘थाहै भएन’ बोलको गीतमा उनले आफूलाई सबैभन्दा बढी मनपर्ने अभिनेता पलसँग पहिलोपटक अभिनय गरेकी हुन्।

यसअघि मिस पबीले पलसँग अभिनय गर्ने सपना रहेको बताइरहेकी थिइन्।
उक्त भिडिओ मुस्ताङको कागबेनीमा छायांकन गरिएको गायक हिमाल सागरले जानकारी दिएका छन्। उनले सुटिङका तस्बिर पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।


618
Shares

प्रतिक्रिया