ad ad

कला


अन्तर्वार्ताका कारण आँचल विवादमा

अन्तर्वार्ताका कारण आँचल विवादमा

नेपालखबर
चैत २१, २०७९ मंगलबार १०:५९, काठमाडौँ

सेलिब्रेटीहरुको प्रेम मनोरञ्जन उद्योगमा सार्वजनिक भइरहन्छ। सेलिब्रेटीको प्रेम र ब्रेकअप सामान्यजस्तै भइसक्यो। सर्वसाधारणले भने आफ्नो व्यक्तिगत जीवनका कुरामा गोपनीयता कायम गर्ने गरेका छन्। अहिले सेलिब्रेटी नायिका आँचल शर्मा खेलाडी सिपोरा गुरुङको विगतबारे बोलेर विवादमा परेकी छन्। 

हुन त आँचललाई बोल्न जान्ने नायिकाका रुपमा हेरिन्छ। उनी भाँती पुर्‍याएर आफ्ना कुरा राखिरहेकी हुन्छिन्। तथापि कुराकानीकै क्रममा उनी बेलाबेला चिप्लिने गरेकी छन्। यसपटक पनि उनी प्रकाश सुवेदीसँग अन्तर्वार्तामा भलिबल खेलाडी सिपोरा गुरुङको विगतबारे टिप्पणी गरेर चिप्लिएकी हुन्। 

सुरुमा सिपोराको परिचय खेलाडी भनेर दिएकी आँचललाई प्रकाशले ‘त्यति मात्रै’ भनेर सोधेका छन्। त्यसपछि उनले सिपोराको विगतबारे बोलेकी छन्। 

प्रकाश सुवेदी यस्ता पत्रकार हुन्, जसलाई आफ्नो कार्यक्रममा आएका पाहुनाले कुनै विवादित अभिव्यक्ति नदिएसम्म चित्त बुझ्दैन। उनको यो पुरानै बानी हो। उनको बानी थाहा पाएका कलाकार धेरै त सचेत भइसके। तर अझै पनि कतिपय कलाकार बेलाबेला चिप्लिरहन्छन्।

‘चिप्ल्याउने अंकल’को उपाधि पाएका सुवेदी पनि कलाकारलाई चिप्ल्याउने हर कोसिस गरिरहन्छन्। यही चपेटामा पछिल्लोपटक नायिका आँचल शर्मा परेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .