घनश्याम लामिछानेको निर्देशनमा फिल्म ‘चित्रा’ बन्ने भएको छ। रामनवमीको अवसर पारेर फिल्मको कास्ट एन्ड क्रिउ घोषणा गरिएको हो।
आगामी भदौबाट छायांकनमा जाने फिल्ममा अभिनेता अर्पण थापा र निर्माता सन्तोष अधिकारीको मुख्य भूमिका रहनेछ। पारिवारिक कथामा निर्माण हुने फिल्मको सम्पूर्ण छायांकन नेपालमा नै गरिनेछ। फिल्मले एक अडिनरी बाबु र छोरीको कथा प्रस्तुत गर्ने निर्देशक लामिछानेले बताए।
निर्देशक लामिछानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘लन्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छ। यो सिनेमाको प्रदर्शनपश्चात् ‘चित्रा’ फ्लोरमा जाने तयारी भइरहेको छ। उनले ‘धौली, पञ्चेबाजा, अग्निदहन’लगायतका फिल्म निर्देशन गरिसकेका छन्।
‘चित्रा’ एसाप इन्टरटेनमेन्टको प्रस्तुतिमा सन्तोष धिकारी फिल्मस्को ब्यानरमा निर्माण हुनेछ। भावना पन्तको लगानी रहने फिल्मको कथा अजय अधिकारीले तयार पारेका हुन्। अजयको कथालाई अहिले मनिष गौतमले पटकथा तथा संवादमा ढालिरहेका छन्। फिल्ममा कथाकार अधिकारीको गीत रचना र सुरेश राईको संगीत रहनेछ।
निर्माता अधिकारीले केही समयअगाडि ‘डलर एयुडी’ नामक फिल्म निर्माण घोषणा गरेका थिए। यो फिल्म चाँडै फ्लोरमा जाने तयारीमा छ। उनले निर्माण गरेको फिल्म ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ।
प्रतिक्रिया