भोजपुरी अभिनेत्री आकांक्षा दुबेको मृत्युको मामिलामा अब उनकी आमा मधु दुबेले अभिनेत्रीका नजिकका साथी समर सिंह र उनका भाइ सञ्जय सिंहमाथि ठूलो आरोप लगाएकी छन्। मधु दुबेले छोरी आकांक्षालाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा दुवैविरुद्ध मुद्दा दायर गरेकी छन्।
मधु दुबेले वाराणसीको सारनाथ पुलिस स्टेशनमा मुद्दा दर्ता गराएकी हुन्। आमाको उजुरीको आधारमा प्रहरीले समर सिंह र उनका भाइ सञ्जयविरुद्ध धारा ३०६ अन्तर्गत मुद्दा दर्ता गरेको छ।
आकांक्षाको मृत्युमा समरले के भने?
आकांक्षा र समर एकअर्कासँग सम्बन्धमा थिए, जसको खुलासा अभिनेत्री आफैले भ्यालेन्टाइन डेमा गरेकी थिइन्।
यता, आइतबार उनको मृत्युको खबर सार्वजनिक भएपछि समरको प्रतिक्रिया पनि आएको छ। उनले इन्स्टाग्राममा पोष्ट गर्दै लेखे, ‘निशब्द, रिप आकांक्षा दुबे।’ यससँगै उनले रुँदै प्रार्थना गर्ने इमोजी पनि राखेका छन्। त्यसपछि उनको अर्को कुनै प्रतिकृया आएको छेन्।
भ्यालेन्टाइन डेमा आकांक्षाले इन्स्टाग्राममा समरसँगको तस्बिर सेयर गरेकी थिइन्। तस्बिरमा दुवै एकअर्कासँग खुसी देखिएका छन्।
दुवैको अनुहारमा मिठो मुस्कान देखिन्थ्यो, जसले उनीहरु एकअकाृको कति नजिक छन् भनेर बताएको थियो। यो तस्बिर सेयर गर्दै उनले क्याप्शनमा लेखेकी थिइन्, ‘ह्याप्पी भ्यालेन्टाइन डे।’ त्यसपछि यी दुई सम्बन्धमा रहेको खबर सार्वजनिक भएको थियो।
समर सिंह एक भोजपुरी गायक हुन्। उनले सन् २०१२ मा आफ्नो गायन करियर सुरु गरेपछि धेरै हिट गीत गाएका छन्। उनको गीत ‘गने का रस’ निकै चर्चित छ। यही गीतबाट उनी इन्डस्ट्रीमा चर्चित भए। गायनसँगै समरले चलचित्रमा पनि काम गरेका छन्। उनको पहिलो फिल्म ‘विनासक’ थियो, जुन २०१९ मा आएको थियो।
आकांक्षा दुबेको शव आइतबार वाराणसीको एक होटलको कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो। त्यसयता धेरैले समर सिंहमाथि प्रश्न उठाउन थालेका छन्।
प्रतिक्रिया