सुरक्षा पन्तको मुख्य भूमिकामा फिल्म ‘लाइफ ड्यामेज’ बन्ने भएको छ। शुक्रबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो।
सुरक्षाले शुभमुहूर्तका तस्विरहरु राख्दै फिल्मको घोषणाबारे जानकारी दिएकी हुन्।
फन रिभोलुसन इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मलाई कन्टेन्ट क्रियटरको रुपमा चर्चित निमेष श्रेष्ठले निर्देशन गर्नेछन्। फिल्मको कथा निमेषसहित ईशा थापाले लेखेकी हुन्।
यस फिल्ममा सुरक्षासहित ईशा थापा, सञ्जना महर्जन, निमेश श्रेष्ठ, अमोघ अर्याल, अनिशजंग थापा, अजय पन्त, निरू खड्का लगायतको अभिनय रहने छ।

यसै फिल्ममार्फत डेब्यु गरेका श्रेष्ठले यो फिल्म फेन्टासी कमेडी जनरामा बन्ने सुनाएँ। फिल्मलाई प्रवीण खड्काले खिँच्नेछन्र। यसै वर्ष फिल्मलाई रिलिज गर्ने लक्ष्य रहेको छ।
Shares

प्रतिक्रिया