कोरोना महामारीका कारण तीन वर्षदेखि थन्किएर बसेको फिल्म ‘नीरफूल’ अब भने प्रदर्शन हुने भएको छ। फिल्मले आगामी वर्षको जेठ १९ गतेलाई रिलिज मिति तय गरेको छ।
यो फिल्म २०७६ चैत ७ गते रिलिज हुने तयारीमा थियो। तर त्यसको दुई दिनअघि कोरोनाका कारण सबै फिल्म हल बन्द भए। त्यही मारमा ‘नीरफूल’ पर्यो। कोरोना कालमा रोकिएका अधिकांश फिल्म प्रदर्शन भइसक्दा पनि यो फिल्मका निर्माता निर्देशक भने मौन थिए।
यो फिल्ममा भूकम्पका कारण विछोडिएका एक परिवारको कथा भन्ने छ। फूलमान बलले निर्देशन गरेको ‘नीरफूल’ रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको छ। फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायत कलाकारले अभिनय गरेका छन्।
‘भूकम्पपछिको भौतिक पुनर्निमाणतिर त सबैको ध्यानको गयो, तर भत्किएका मन र भत्किएका सम्बन्धहरुको पुनर्निमाणतिर कसैको ध्यान गएन’, फिल्मका निर्देशक बल भन्छन्, ‘नीरफूलले तिनै भत्किएका मन र सम्बन्धहरुको पुनर्निमाणको कथा भन्छ।’
Shares
प्रतिक्रिया