कला


आमा जीवित रहँदासम्म ‘अवैध’ सन्तान बने महेश, मृत्युपछि मात्रै बाबुले स्वीकारे पत्नी

आमा जीवित रहँदासम्म ‘अवैध’ सन्तान बने महेश, मृत्युपछि मात्रै बाबुले स्वीकारे पत्नी

नेपालखबर
फागुन २९, २०७९ सोमबार ११:१, काठमाडौँ

निर्देशक महेश भट्ट हालै अरबाज खानको च्याट शो ‘द इन्भिन्सिबल्स विथ अरबाज खान’मा देखा परे। यस क्रममा उनले आफ्नो जीवनसँग सम्बन्धित धेरै दु:खद कथाहरू सेयर गरे। कुराकानीका क्रममा महेश भट्टले आफ्नो बाल्यकाल निकै कठिन भएको बताए। बुबा नानाभाइ भट्ट पहिले नै विवाहित थिए, त्यसैले उनले महेशकी आमालाई पत्नीको हैसियत नदिएको बताए। यही कारण बाल्यकालमा मानिसहरु महेशलाई ‘अवैध’ सन्तान भन्दै जिस्काउने गर्थे।

महेशकी आमा मुस्लिम थिइन्। हिन्दू धर्मको बाहुल्य भएको ठाउँमा बस्नुपरेकाले उनले आफ्नो धर्म लुकाउने गर्थिन्। महेशले भने, ‘मेरी आमाले मात्र मेरो बुवालाई स्वीकार गर्नुपर्छ भन्ने चाहनुहुन्थ्यो। तर उनी पहिले नै विवाहित भइसकेका र आफ्नै परिवार भएकाले उनले आमाको हक कहिल्यै दिएनन्।’

मृत्युपछि सिन्दुर! 
महेशकी आमालाई उनी जीवितै रहँदा उनका बुवाले कल्हिल्यै स्वीकार गरेनन्। मृत्युपछि मात्रै उनकी आमाको सिउँदो रंगिएको थियो। त्यो कठिन समय सम्झिँदै महेशले लेखेका छन्, ‘सन् १९९८ मा आमाको मृत्यु हुँदा उनको अन्तिम इच्छा उनको धर्मअनुसार गाड्ने थियो। जब मेरो बुबा पहिलो श्रीमती लिएर अन्तिम संस्कार गर्न आउनुभयो, उहाँले सबैभन्दा पहिले उनको सिउँदोमा सिन्दुर लगाउनुभयो।’

उनले अगाडि लेखेका छन्, ‘यो देखेर म अचम्ममा परेँ, उनीहरुले यसो गर्न ढिला भइसकेको सोचिरहेँ। त्यो घटनाले मलाई भाँच्यो। आमा सधैँ चाहनुहुन्थ्यो कि बाबुले सबैको अगाडि स्वीकार गरून्, तर अफसोच त्यसो हुन सकेन।’

महेशले कुराकानीका क्रममा भनेका छन्, ‘जब मैले बुबालाई आमाको अन्तिम इच्छा भनेँ र बुवाको अनुहार हेरेँ त्यसबेला उहाँको अनुहार पूरै पहेँलो भएको थियो। उहाँले हात जोडेर भन्नुभयो- मलाई माफ गर छोरा! मेरो धर्मले मलाई त्यहाँ जान दिँदैन। बुवाको कुराले मेरो मन नराम्रोसँग भाँचियो। आमाको अन्तिम इच्छा शिया कब्रिस्तानमा बुवाले आफ्नो शव गाँडिदिउन् भन्ने थियो।’

महेशले थप भनेका छन्, ‘म बुबासँग रिसाएको होइन, तर छोरा हुँ भन्थेँ। मउहाँसँग बुवा भनेर जाने मेरो अधिकार हो, मेरो यो अधिकारलाई भगवान्‌ले पनि रोक्न सक्दैनन्। तर घटनाले मलाई जीवनभर घाउ बनायो। उहाँको बारेमा कुरा गर्दा मेरो आँखामा आँसु आउँछ।’

सन् १९९८ मा आएको फिल्म ‘जख्म’ महेश भट्टको बाल्यकालमा आधारित छ, जसमा अभिनेत्री पूजा भट्टले उनकी आमा चरित्र निर्वाह गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad