ad ad

कला


एकसाथ फिल्म प्रदर्शन भएपछि अनमोल र दीपकबीच शुभकामना साटासाट

एकसाथ फिल्म प्रदर्शन भएपछि अनमोल र दीपकबीच शुभकामना साटासाट

नेपालखबर
फागुन १९, २०७९ शुक्रबार ८:४३, काठमाडौँ

आजदेखि नेपाली सिनेमा घरमा दुई प्रतिक्षित चलचित्र प्रदर्शन भएका छन्। दीपक–दीपाको ‘छक्का पञ्जा ४’ र अनमोल केसी स्टारर ‘छडके–२’ एकसाथ प्रदर्शन भएका हुन्। 

दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा ४’ र अनमोल केसी अभिनित ‘छडके–२’ बक्स अफिसमा आशा गरिएका सिनेमा हुन्। दुवै सिक्वेल मुभी हुन्। 

हेमराज विसीले निर्देशन गरेको ‘छक्का पञ्जा–४’मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारले अभिनय गरेका छन्।

फिल्मको कथा दीपकराज गिरीले लेखेका हुन्। 

दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुन्। 

निर्भाना फिल्म्स् स्कुलको ‘छडके–२’मा अनमोल ग्याङस्टारका रुपमा प्रस्तुत भएका छन्। प्रशान्त गिरी र देवकुमार श्रेष्ठले निर्माण गरेको यो फिल्म निगम श्रेष्ठले निर्देशन गरेका हुन्। दुवै आशा गरिएका फिल्म एकै मितिमा आउँदा सार्वजनिक बहस भइरहेको छ। 

यसैबीच दीपक र अनमोलले एकअर्कालाई शुभकामना दिएका छन्। फिल्म रिलिजको अघिल्लो दिन दीपकले ‘छड्के २’ का लागि अनमोल केसीलाई र अनमोलले ‘छक्का पञ्जा’ टिमलाई शुभकामना दिएका छन्। दुवैले एक–अर्काका फिल्मका पोस्टर राखेर शुभकामना आदानप्रदान गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .