कला


आमिरका कारण बाथरुममा घन्टौँ रोइन् दिव्या

आमिरका कारण बाथरुममा घन्टौँ रोइन् दिव्या

नेपालखबर
फागुन १४, २०७९ आइतबार ११:४६, काठमाडौँ

बलिउडमा ९० को दशकतिर अभिनेत्री दिव्या भारतीको निकै चर्चा थियो। उनले छोटो जीवन बाँचिन्। यद्यपि उनका थुप्रै कथा छन्। उनको जीवनमा आमिर खानसँगको एउटा किस्सा भने निकै चर्चामा रह्यो। उनले एक अन्तर्वार्तावका क्रममा भनेकी थिइन्, ‘म आमिरका कारण एकपटक बाथरुममा घन्टौँसम्म रोएकी थिएँ।’

वास्तवमा आमिरले दिव्यासँग ‘स्टेज शो’ गर्न अस्वीकार गरेपछि उनको मन भाँचिएको थियो। आमिर र दिव्याले जुही चावला नामको प्रोजेक्टमा काम गर्ने कुरा थियो। आमिरले अस्वीकार गरे। यो कुराले नमज्जासँग चित्त दुखेपछि दिव्या खुब रोइन्। त्यसपछि उनलाई सलमान खानले साथ दिए।

भनिन्छ- दिव्याले लन्डनमा भएको एक कार्यक्रममा आफ्नो डान्स स्टेप बिर्सेकी थिइन्। जसका कारण आमिर उनीसँग रिसाएका थिए। दिव्याले त्यसबेला आमिरले आफूसँग ठीक व्यवहार नगरेको बताएकी थिइन्। उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘सिनियर भए पनि उनको शैली एकदमै गलत थियो।’

त्यसबेला ‘शो’का आयोजकलाई आमारिले दिव्याले आफूलाई बेवास्ता गरेको भनेर कुरा लगाएका थिए। दिव्याले भनेकी छन्, ‘तर मैले बेवास्ता गरूँ या नगरूँ, के फरक पर्ला? म उसलाई सधैँ नमस्कार सर भनेर सम्बोधन गर्थे। मैले उसलाई पटक्कै बेवास्ता गरिनँ।’

दिव्याले अगाडि थपेकी छन्, ‘विश्वास गर्नूस्, म यति विचलित भएँ कि बाथरुममा बसेर घन्टौँसम्म रोएँ। जे होस्, म बलियो हुनुपर्ने थियो। मैले पारिश्रमिक लिइसकेको थिएँ र जसरी पनि काम गर्नु थियो। सलमान खानले मलाई हिम्मत दिनुभएको थियो, त्यसपछि म अभिनय गर्न सक्षम भएँ।’

दिव्याकी आमाले पनि एक अन्तर्वार्तामा आमिर-दिव्या विवादको कुरा गरेकी थिइन्। उनका अनुसार आमिरका कारण फिल्म ‘डर’ मा जुही चावलाको स्थानमा दिव्याको भूमिका थियो। सन् १९९३ मा आएको फिल्म डरमा आमिरले शाहरुखको स्थान लिने बताइएको थियो। जब आमिरलाई फिल्मको अफर आयो तब उनलाई थाहा भयो- दिव्या भारती फिल्ममा मुख्य भूमिकामा छन्। 

यसपछि उनले निर्मातालाई दिव्याको स्थानमा जुहीलाई मुख्य भूमिकामा लिन भने। यसका कारण दिव्या पनि निकै रिसाएकी थिइन्। तर, पछि आमिर पनि फिल्मबाट बाहिरिए र उनको ठाउँमा शाहरुख खानलाई राखियो। यो फिल्म निकै हिट भयो। यही फिल्मले शाहरुखको करियरमा नयाँ आयाम ल्याएको भनिन्छ।

दिव्या भारतीले सन् १९९२ मा फिल्म विश्वात्माबाट बलिउडमा डेब्यु गरेकी थिइन्। यो फिल्म हिट भएन तर यसले उनलाई रातारात लोकप्रिय बनायो। यो फिल्म रिलिज भएको एक हप्तापछि दिव्याको दोस्रो फिल्म ‘दिल का क्या कसुर’ रिलिज भयो। यो पनि फ्लप भयो।

सोही वर्ष दिव्या डेभिड धवनको फिल्म ‘शोला और शबनम’मा गोविन्दाको साथ देखा परिन्। यो फिल्म हिट मात्रै भएर दिव्यालाई स्थापित गरायो। १९ वर्षको उमेरमा २१ फिल्ममा काम गरेकी उनलाई बलिउडकी शीर्ष अभिनेत्रीमा गनिन्थ्यो तर १९९३ मा उनको रहस्यमय दुर्घटनामा मृत्यु भयो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad