ad ad

खेल


ओलम्पिक छनोट पहिलो चरणको खेल नेपालले आयोजना गर्ने

ओलम्पिक छनोट पहिलो चरणको खेल नेपालले आयोजना गर्ने

नेपालखबर
फागुन १४, २०७९ आइतबार ११:४२, काठमाडौँ

पेरिस ओलम्पिक २०२४ को पहिलो चरण छनोटको खेल नेपालले आयोजना गर्ने भएको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ओलम्पिक छनोटअन्तर्गत पहिलो चरणको खेल नेपालले आयोजना गर्ने जनाएको हो। 

आयोजक नेपाल, भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेको समूह सी मा छ। पहिलो चरणको छनोटबाट प्यालेस्टाइनले नाम फिर्ता लिएको छ। 

नेपालले अब भियतनाम र अफगानिस्तासँग मात्र खेल्नेछ। छनोट खेल चैत २० देखि २८ गतेसम्म हुनेछ।

छनोटका सबै खेल दशरथ रंगशालामा हुनेछ। छनोटको समयमा ए डिभिजन लिगमा विश्राम हुने भएकाले खेलका लागि मैदान तयारी अवस्थामा नै हुने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए। 

ओलम्पिक छनोटका लागि छिट्टै राष्ट्रिय टोलीको बन्द प्रशिक्षण बोलाउने तयारीमा रहेको प्रवक्ता शाहले बताए।  

समूहको शीर्ष स्थानमा रहने टोलीले दोस्रो चरणमा स्थान बनाउनेछ। ओलम्पिक छनोटको दोस्रो चरणमा उत्तर कोरिया, चिन, जापान र दक्षिण कोरियाले स्थान बनाइसकेका छन्।

दोस्रो चरणमा पुगेका टोलीलाई तिन समुहमा विभाजन गरिनेछ। दोस्रो चरणको विजेता र उपविजेता टोलीले तेस्रो चरणमा स्थान बनाउनेछन्। 

तेस्रो चरणको शीर्ष २ मा रहने टोलीले सन् २०२४ मा हुने पेरिस ओलम्पिकमा छनोट हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .