मुना लकान्द्रीले नयाँ गीत ‘ओ प्रियतम’ सार्वजनिक गरेकी छिन्।
प्रणय दिवसको अवसरमा ओएसआर डिजिटलबाट उक्त गीत सार्वजनिक भएको हो।
गीतमा लेखु सहयात्रीको शब्द र संगीत, पुरुषोत्तम सुवेदीको सङ्गीत संयोजन र मिक्सिङ रहेको छ।
माहोल स्टुडियोमा रेकर्ड भएको ‘ओ प्रियतम’ गायिका मुना लोकान्द्रीको पहिलो गीत हो। उनी इन्ट्रा फाउन्डेसन नेपालले आयोजना गरेको रियालिटी शो मेरो ‘भ्वाइस कप’की प्रतिस्पर्धी हुन् ।
मायाप्रेमकै विषयलाई पनि फरक किसिमले प्रस्तुत गरिएको गीतमा पुष्प खड्का र अन्जना बराइलीको अभिनय छ । मौसम हिमालीले निर्देशन गरेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।
75
Shares
प्रतिक्रिया