ad ad

कला


अमेरिकाका फेस्टिभलमा पुरस्कृत महेश र विनिताको ‘हल्कारा’ वैशाख २९ मा

अमेरिकाका फेस्टिभलमा पुरस्कृत महेश र विनिताको ‘हल्कारा’ वैशाख २९ मा

नेपालखबर
माघ २९, २०७९ आइतबार १३:३९, काठमाडौँ

अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत ‘हल्कारा’ वैशाख २९ मा प्रदर्शनमा आउने भएको छ। अमेरिकामा नै बसोबासरत विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी र विनिता थापामगरको मुख्य भूमिका छ। 

‘फिल्मले गाउँमा चिठ्ठी पुर्‍याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाउने कोसिस गरेको छ,’ निर्देशक सापकोटा भन्छन्, ‘ फिल्म सत्यकथा प्रेरित हो। तर कथालाई सकेसम्म मनोरञ्जक हिसाबले प्रस्तुत गर्ने प्रयास गरिएको छ।’

फिल्ममा महेश त्रिपाठीले रामका रुपमा हुलाकीको चरित्र निर्वाह गरेका छन् भने विनिता थापा मगर मियाको चरित्रमा छिन्। 

‘हल्कारा’ अमेरिकाको वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल उत्कृष्ट फिल्म घोषणा भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए।

यसैगरी फिल्म नेपाल–अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो भने बाँकी अन्य फेस्टिभलमा पनि छनोट भएको थियो। 

यो फिल्ममा महेश र विनिताबाहेक उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारको अभिनय छ।

फिल्मलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले मिलेर लेखेका हुन्। चिन्तन राजभण्डारीको छायांकन रहेको फिल्मलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन्। फिल्मको सम्पादन पनि विक्रम स्वयंको हो। फिल्मलाई काठमाडौँमा करन श्रेष्ठ र जीजीए ग्रुपले वितरण गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .